ाठमाडौं– द्वन्द्वकालमा भएको एउटा सत्य
घटनामा आधारित फिल्म ‘पुनर्जन्म’को मंगलबार
कमलपोखरीमा टिजर रिलिज गरियो। सजन
श्रेष्ठको पहिलो निर्देशकीय प्रयास भए पनि मन
छुने फिल्म बनाउने प्रयास गरेको बताए।
फिल्मका अभिनेता आर्यन सिग्देलले फिल्म
निर्माता मोहनकृष्ण श्रेष्ठले अन्तर्राष्ट्रिय
फेस्टिभलका लागि ४५ मिनेटको फिल्म बनाउने
भनेर आफूलाई खेल्न प्रस्ताव आएको भए
पनि पछि नेपालकै बजारलाई ध्यानमा राखेर
फिल्म बनाइएको जानकारी दिए।
‘म सैनिक स्कुलमा पढेको हुनाले
सेनाको परिवारको कथालाई नजिकबाट महसुस
गरेको छु,’ उनले भने, ‘यो फिल्मको विषयले मलाई
पनि छोएको छ, दर्शकहरुलाई पनि यसले भित्रैसम्म
छुन्छ।’
फिल्मकी अभिनेत्री केकी अधिकारीले आफूले
कहिल्यै पुरानो नहुने विषयमाथि काम गर्न
पाएकोमा खुसी व्यक्त गरिन्। ७५ लाख
रुपैयाँमा तयार भएको यो फिल्म गजित विष्ट,
सुस्मिता शाही, विजय लामा,
मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट,
देशभक्त खनाल, रुश्मा श्रेष्ठ आदिको अभिनय
पनि हेर्न पाइनेछ।
Tuesday, 10 February 2015
सत्य घटनामा ‘पुनर्जन्म’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment