Thursday, 12 February 2015

आठ बर्षीय बालकको काम देखेर हङकङबासी मख्ख

८ बर्षका बालक सौगात बिष्टले निर्देशन
गरेको फिल्म लभ यु
बाबाको हङकङमा गरिएको विशेष शो लाइ
पनि सबैले रुचाएका छन |सानै उमेरमा भएपनि परिपक्क
व्यक्तिलेझैँ उनले गरेको कामको सबैले प्रसंसा गरे |फिल्म
हेर्न करिब ५ सय दर्शक उपस्थित थिए |
महिला संघ
हङकङको आयोजनामा गरिएको च्यारेटी शो ‘पीए
नेपाल’को सहयोगार्थ गरिएको हो । गजित बिष्ट,
संगम बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त
भट्ट, निर्मल शर्मा लगायतका कलाकारले अभिनय
गरेको यो फिल्ममा बाबु छोरीको प्रेमलाई
देखाईएको छ ।
सम्झना पोख्रेलले निर्माण गरेको यो फिल्मका ८ बर्षे
निर्देशक सौगात बिष्टको नाम ‘गिनिज बुक अफ द
वल्र्ड रेकर्ड’मा लेखिने क्रममा छ । प्रकृया पूरा भएर
नाम लेखिने अन्तिम चरणमा पुगेको बताईन्छ |

No comments:

Post a Comment