Thursday, 19 February 2015

आज प्रकाशित तपाईको राशिफल हेर्नुस् . .

मेष
चु , चे, चो , ला, लि , लु , ले , लो, अ
अनावश्यक तर्कवितर्क बढ्न सक्छन्। मनमा उत्साह र जाँगर बढ्ने योग
देखिन्छ। कार्यव्यस्तता बढ्नेछ।

वृष
इ, उ , ए , ओ , वा, वि , वु , वे , वो
वादविवादका कारण मन खिन्न हुनेछ। सवारीसाधन
तथा जगाजमिन किनबेचको योजना बन्नेछ। व्यापारमा लाभ
होला।

मिथुन
का , कि , कु, घ , ङ , छ , के, को , हा
न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ।
जागिरमा पदोन्नतिको योग छ। राजनीतिमा सोचेअनुरूप
सफलता मिल्ने देखिँदैन।

कर्कट
हि , हु , हे , हो , डा , डि , डु , डे , डो
सामाजिक सहकार्यको योग देखिन्छ। परिवार तथा आफन्तजनले
धोका दिनेछन्। सञ्चार क्षेत्रमा सफलता मिल्नेछ।

सिंह
मा, मि , मु , मे , मो , टा , टि , टु , टे
धार्मिक तथा मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त
होला। शिक्षा क्षेत्रमा गरेको लगानी प्रभावकारी बन्ने योग
छ। विलासिताका वस्तु खरिदबिक्रीको योग छ।

कन्या
टो , पा, पि , पु , ष , ण, ठ , पे , पो
स्वास्थ्यप्रति विशेष सचेत रहनुहोला। कूटनीतिक तरिकाबाट
राजनीतिक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट
प्रशस्त लाभ मिल्ने छ।

तुला
रा , रि, रु , रे , रो , ता , ति , तु , ते
कलामा लगानी बढ्नेछ। पारिवारिक सद्भाव कायम रहनेछ।
धनहानिको योग देखिन्छ।

वृश्चिक
तो, ना, नि , नु , ने , नो, या, यि , यु
राजनीतिक कार्यप्रति सचेत रहनुहोला। आफन्तको सहयोग लिएर
गरिएका कार्य सफल हुनेछन्। स्थास्थ्यमा समस्या उत्पन्न होला।

धनु
ये , यो, भा, भि , भु , धा , फा, ढा , भे
कामको जिम्मेवारी बढ्नेछ। सवारीसाधन चलाउँदा होसियार
रहनुहोला। खानपानका क्षेत्रमा खर्च बढ्नेछ। राजनीतिक
झन्झटको सामना गर्नुपर्ने देखिन्छ।

मकर
भो, जा , जि , जु , जे, जो , ख , खि , खु , खे , खो , गा , गि
खानपान तथा यात्रामा सावधान रहनु होला।
रोजगारीका नयाँ अवसर प्राप्त हुनेछन्। धर्ममा रुचि बढ्नेछ।

कुम्भ
गु , गे , गो, सा , सि , सु, से, सो, दा
सूचना आदानप्रदानबाट महत्त्वपूर्ण कार्य सफल हुनेछ। अचल
सम्पत्ति हानि हुन सक्छ। रोजगारीमा पदोन्नति हुनेछ।

मीन
दि, दु, थ , झ , ञ , दे , दो , चा , चि
पदप्रतिष्ठा वृद्धि हुनेछ। अनपेक्षित धन लाभ होला। आध्यात्मिक
कार्यमा संलग्न हुने अवसर मिल्नेछ। आन्तरिक कलह
सामना गर्नुपर्ला।

No comments:

Post a Comment