भदौं १८, एजेन्सी ।
भारतको उत्तर प्रदेशस्थित अलीगढ जिल्लामा मरेको भनी पोष्टमार्टमको लागि लगिन लागेका एक व्यक्ति जीवित रहेको पत्ता लागेको छ । व्यक्तिलाई मृत्यु भएको भनी प्रहरीले पोस्टमार्टमका लागि लैजान लाग्दा ती व्यक्ति जीवितै रहेको पत्ता लागेपछि उनको अहिले उपचार भइरहेको छ । गम्भिर रुपमा घाइते ती व्यक्तिको पहिचान खुलेको छैन ।
करिब २ साताअघि उत्तर प्रदेश प्रहरीका सिपाही मोर मुकुट सिंहले ड्यूटी सकेर फर्कदै गर्दा बाटोमा रगतमा लत्पितिएको गम्भिर अवस्थाका एक व्यक्ति फेला परेपछि उपचारका लागि जिल्ला अस्पताल लगेका थिए । २५ देखि ३० बर्ष बीचको उमेर रहेको ती घाइते पुरुषलाई बेवारिसेको उपचार गर्ने वार्डमा राखिएको थियो । उपचार सफल हुन नसकेको भन्दै तीनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
बिरामीलाई मृत घोषणा गरेपछि अस्पतालले प्रहरीलाई जानकारी दिएको थियो । जानकारी पाएको करिब ४८ घण्टापछि अगष्ट ३१ मा पोष्टमार्टम गराउन प्रहरी अस्पताल पुगेको थियो । जब अस्पतालमा पुगेर बिरामी राखिएको कोठामा प्रहरी छिरे, तब मृत ठानिएको व्यक्ति भूईमा बसिरहेको देखे । ती व्यक्तिलाई जिवितै देखेर प्रहरी फर्किएका थिए ।
ती व्यक्तिलाई मृत घोषणा गरिनुको कारण चिकित्सक समेतले दिन सकेनन् । अस्पतालमा बरिष्ठ चिकित्सक आरडी खरेले २९ अगस्टमा एक बिरामीको मृत्यु भएकोमा भूलवश अर्का बिरामीलाई मृत घोषणा गरेको हुनसक्ने बताए । जीवित व्यक्तिलाई मृत घोषणा गरेकोबारे छानविन गरिरहेको भन्दै चिकित्सकले गल्ती गरेको चिकित्सक खरेले स्विकार गरेका छन् ।
No comments:
Post a Comment