Saturday, 7 February 2015

के तपाई इन्टरनेटमा अश्लील भिडियो हेर्नुहुन्छ ? होस गर्नुहोस्......

मानिसहरुमा इन्टरनेटको पहुँच बढेसँगै यसबाट
फाइदा लिनेभन्दा यसलाई गलत तरिकाबाट प्रयोग
गर्नेको संख्या पनि कम छैन ।
पछिल्लो समयमा अश्लील साइटहरुको संख्यासँगै
यसका दर्शकहरु पनि उल्लेखनीय छन् । मानिसहरु
इन्टरनेटमा अश्लील फिल्म हेर्ने र त्यसलाई नक्कल गरेर
आफ्नो बेडरुममा प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ ।
तपाई पनि यस्तो सोच्दै हुनुहुन्छ भने त्यो गलत हो ।
हालै गरिएको एक सर्वेक्षण अनुसार निरन्तर
यस्ता पोर्न साइट हेरेर बेडरुममा त्यस्तै प्रदर्शन गर्न
खोज्नु हानिकारक हुने पत्ता लागेको छ ।
रिसर्चका अनुसार निरन्तर पोर्न हेर्ने
व्यक्तिहरुमा सेक्सुअल एक्टिभिटीका लागि हुने
उत्साह समाप्त हुने खतरा हुन्छ । ‘डोपामाईन’
नामको एक न्युरोट्रान्समिटरले
हाम्रो दिमागमा सेक्सुअल
एक्टिभिटीका लागि उत्साहित बनाईराख्छ । तर,
हामीले निरन्तर यस्ता साइटहरु हेर्यो भने त्यसले
विस्तारै विस्तारै त्यसलाई समाप्त पारिदिन्छ ।
रिसर्चमा किशोरोवस्था देखि नै यस्ता साईटहरु
हेर्नेहरुलाई सहभागी गराइएको थियो । उनीहरुले सुरु
सुरुमा उत्साह भएपनि विस्तारै उत्साह घट्दै गएको र
अन्त्यमा कुनै उत्साह नै नभएको जवाफ दिएका थिए ।
यसलाई सेक्सोलोजिस्टहरुले पनि स्वीकार गरेका छन् ।
इन्टरनेटमा देखिने सेक्स प्राकृतिक नभएको र मानिसहरु
यसलाई वास्तविक जीवनमा प्रयोग गर्न खोज्ने
भएकोले त्यो सफल नहुने उनीहरुको दावी छ ।

No comments:

Post a Comment