Saturday, 7 February 2015

बग्दादमा भीषण बम हमला: ३६ को मृत्यु, ९४ घाइत

इराकी राजधानी बग्दादमा शनिबार भीषण बम
हमला भएको छ । सो हमलामा परी कम्तीमा पनि ३६
जनाको ज्यान गएको छ । बग्दादको प्रहरीले
दिएको जानकारी अनुसार सो क्षेत्रमा भएको बम
हमलामा परी अरु ९४ जना गम्भीर रुपमा घाइते
भएका छन् ।
बग्दाद प्रहरीका अनुसार उक्त क्षेत्रमा बम
हमलाकारीले शनिबार एकैपकट दुई वटा बम विस्फोट
गराएका थिए । सो बम आक्रमणमा परी घाइते
भएका कयौं व्यक्तिको अवस्था गम्भीर रहेकोले मृत्यु
हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
बग्दादको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक
लोकप्रिय रेष्टुरेन्टमा शनिबार
दिउसो एकजना आत्मघातीले
आफ्नो शरीरमा बोकेको बम आक्रमण गराई
कम्तीमा पनि ३० जनाको ज्यान लिएको हो ।
रेष्टुरेन्टमा कयौं व्यक्तिले
खानाखाइरहेकोमौकापारीसोहमलागरिएकोबताइएकोछ
। प्राप्त समाचारअनुसार सो हमलामा परी ६६
जना अरु घाइते भएका छन् । त्यसैगरी बग्दादकै अल
अरबी बजारमा अर्काे बम हमला भएको छ ।
सो बजारमा पनि एकजना आत्मघातीले सो बम
हानेको थियो । त्यसमा परी छ जनाको ज्यान
गएको छ ।
ब्यस्त बजारमा लगेर गराइएको सो आक्रमणमा २८
जना व्यक्ति घाइते भएका छन् । उनीहरुको स्थानीय
अस्पतालमा उपचार जारी रहेको छ । उक्त
हत्याको अहिलेसम्म कुनैपनि समूहले
जिम्मेवारी लिएको छैन ।
तरपनि बग्दादमा हालैका केही समययता आइएसले
यस्तो हमला गर्ने गरेकोले
यसमा पनि सोही आतङ्ककारी समूहको हात
रहेको अनुमान गरिएको छ ।
बग्दादकाकेहीजिल्लमाविगतकावर्षहरुदेखिजारीरहेकोरातिकोसमयकोकफ्र्यू
हटाउने तयार इराकी सरकारले
गरिरहेकोएकदिनअघित्यहाँयस्तोहमलाभएकोबताइएकोछ
। पछिल्लो समयमा इराकमा पनि इस्लामिक स्टेट,
आइएसले आक्रमण गरी नागरिक हत्या गर्ने गरेको छ ।

No comments:

Post a Comment