Friday, 6 February 2015

राष्ट्रपतिलाई पक्राउ गर्न वारेन्ट !

अर्जेन्टिनाका राष्ट्रपति क्रिष्टिना फर्नान्डिजविरुद्ध
सन् १९९४ बम काण्डका प्रमुख योजनाकारलाई जोगाउन
खोजेको अभियोगमा पक्राउ आदेश जारी गर्न
खोजिएको खुलासा भएको छ ।
उक्त बम काण्डका अभियुक्त बारे अनुसन्धान
गरिरहेका प्रमुख अभियोजनकर्ता मृत
भेटिएपछि राष्ट्रपति क्रिष्टिनाले
जनाएको प्रतिक्रियाका कारण विभिन्न प्रश्न
उठेका छन् ।
राजधानी ब्युनस आयर्सस्थित
अभियोजनकर्ता अल्वर्टो निस्मनको शव
फेला परेको स्थान नजिकै उनले
राष्ट्रपति फर्नाण्डिजलाई पक्राउ पुर्जी जारी गर्न
आग्रह गरेको एक कागजात
भेटिएको खुलासा अनुसन्धानकर्ताहरुले गरेका छन् ।
अभियोजनकर्ता निस्मन आफ्नै बाथरुममा गोली लागेर
मृत अवस्थामा भेटिएका थिए ।
राजधानी ब्युनसआयर्समा सन् १९९४ मा भएको बम
काण्डबारे अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपनि यसलाई
ढाकछोप गर्न खोजेको आरोप विपक्षीहरुले लगाइ
रहेका छन् । तर फर्नाण्डिज सरकारका मन्त्रीहरुले भने
यो विपक्षीहरुको प्रोपोगाण्डा मात्र
भएको प्रतिक्रिया दिएका छन् ।

No comments:

Post a Comment