उठेदेखि नसुतेसम्म, फेसबुक, लगाएतका सामाजिक सञ्जालमै
बेरिएर बस्छौं हामी। साथी भाइ भेट्न तपाइ कतै जानु
हुन्न, तपाइ सबैसंग एकै ठाँउबाट कुराकानी गर्ने हुनुभएको छ।
तपाइको सामाजिक प्राणीमा हुनु पर्ने गुणहरु हराउदैछन।
समाज परिवर्तन हुदै छ, गुण एउटै रहने त कुरै भएन।
समाजमा जसरी तपाइको काम बिगार्ने मानिस हुन्थे,
यो सामाजिक सञ्जालमा पनि त्यस्ता व्यक्तिहरु हुन्छन्
जो तपाइको व्यक्तिगत जानकरिको साथ साथ पासवर्ड
पनि लुट्ने गर्छन, ह्याकर भन्छौ प्राविधिक भाषामा।
तपाइ खुरुखुरु फेसबुक, इन्टाग्राम, ट्वीटर आदी चलाउनुहुन्छ,
जसको कम्प्युटर भट्यो, जसको मोबाइल भेट्यो,
जहाँ भेट्यो त्यहाँ, ढुक्कले चलाउनुहुन्छ। अनि २-४ दिन
पछि मेरो प्रोफाइममा यो पोस्ट भयो त्यो पोस्ट भयो,
मेरो एकाउन्ट नै लगइन भएन, लौ न ह्याक भयो जस्तो छ भन्दै
चरिफाल गर्नुहुन्छ। दिनरात नै त्यहि सामाजिक
सञ्जालमा झुण्डीरहनुहुन्छ, तर त्यहि समाजको सामान्य
नियम जान्न खोज्नुहुन्न। समाजको रितिरिवाज
परिवर्तन भयो, अब समाज प्रविधिमा आधारित छ, तर
तपाइको चालचलन उस्तै छ, केवल परिवर्तन छ त फेसबुक
चलाउन किनेको मोवाइल।
यदि तपाइ साइबर, वा अन्य मानिसको कम्प्युटरबाट
फेसबुक, ट्वीटर आदि चलाउदै हुनुहुन्छ भने सिक्नुहोस् तपाइले
के के कुरामा बिचार गर्नुपर्छ।
बिषेश गरि माइक्रोसफ्ट विन्डोज् अपरेटिङ सिस्टम
सहितको कम्प्युटरमा तपाइले किबोर्डको कुन कुन 'कि'हरु
थिच्नुभयो भन्ने थाहा पाउन कुनै मुस्किल हुदैन।
यस्तो प्रोग्राम जुनले तपाइले
थिचेका 'कि'हरुको जानकारी राख्छ, त्यसलाइ 'किलगर'
भनिन्छ।
तपाइ पासवर्ड टाइप गर्दै हुनुहुन्छ, टाइप
गरेको ठाँउमा कालो थोप्लो आउछ, पासवर्ड देखिदैन भनेर
खुसी नहुनुहोस। केबल वरिपरि भएकाले नदेखुन तपाले टाइप
गरेको पासवर्ड भन्ने हेतुले कालो थोप्लो देखाइन्छ।
किलगर प्रोगामले तपाइले थिचेको प्रत्येक 'कि'
को जानकारी राख्छ, चाहे पासवर्ड टाइप गर्नुहोस
या अन्य।
तपाइले सिक्न जरुरी छ
कि अन्यको कम्प्युटरमा यस्तो प्रोग्राम चलेको छ
की छैन। थाहा पनि छैन र आफ्नो गोप्त
जानकारी अरुबाट लुकाउन पनि चाहनुहुन्छ भने
अपरिचितको कम्प्युटरबाट नचलाउनुहोस कम्प्युटर।
यस्तो प्रोगाम तपाइको कम्प्युटरमा भएको भाइरस
पत्ता लगाउने एन्टीभाइरसले पनि पत्ता नलगाउन सक्छ। के
थाहा तपाइकै कम्प्युटर पो चलिरहेको छ कि यो 'किलगर'
अनि प्रत्येक थिचेका 'कि'हरु को साथ साथ तपाइले कुन
कुन प्रोग्राम चलाउनु भयो भन्ने कुराको जानकारी इमेल
मार्फत अरुले नि हेर्दै पो छन् कि। आफु कसरी सुरक्षित हुने
भनेर जान्न खोज्नुहोस, पछुतो मान्नु भन्दा सुरुमै
जानकारी लिदा राम्रो।
Friday, 6 February 2015
तपाइको फेसबुक ह्याक त हुुदै छैन?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment