Friday, 6 February 2015

गर्लफ्रेण्ड बनाउन चाहनु हुन्छ ? यी ५ कुरा नभुल्नुस

यदि तपाइँलाई कुनै केटी मन पर्छ र तपाइँ उनलाई
आफ्नो मनको कुरा भन्न सक्नु भएको छैन भने ५ कुरा सँधै याद
राख्नुस् ।
१ सिधा नजर
कुनै पनि केटीलाई मन पराउनु हुन्छ र उनलाई भन्न सक्नु
भएको छैन भने आइ कन्ट्याक्टमा सँधै ध्यान दिनुस् ।
तपाइँको बोलीले भन्दा आँखाले बढी कुरा बोल्छ । जव
तपाइँ आफ्नी सपनाकी राजकुमारीसँग हुनु हुन्छ
एककोहोरो नहेर्नुस् तर सके सम्म धेरै
उनको आँखामा आँखा राखेर कुरा गर्नुस् ।
२ ब्यवहार
यदि तपाइँ कुनै पनि केटीसँग शुरुमै रुखो ब्यवहार गर्नु भो भने
दुरी बढ्न सक्छ । शुरुवाती भेटघाटमा सके सम्म हार्दिक र
हाँसमुखरुपमा प्रस्तुत हुनुस् ।
तर चाहिने भन्दा बढी हाँस्नु भो भने
पनि तपाइँको मूल्याङ्कन विपरित हुन सक्छ ।
३ आत्म विश्वास
कुनै पनि केटीसँग नजिक हुँदा सबै भन्दा महत्वपूर्ण
आत्मविश्वास हुन्छ । कुनै पनि केटीको पछि लाग्दै हुनु हुन्छ
भने छिटो धैर्यता नगुमाउनुस् । जव सम्म ठोस कारणले
टाढिनु पर्ने अवस्था आउँदैन तव सम्म मनमा आत्म विश्वास
कायम राख्नुस् ।
४ ख्याल गर्नुस्
कुनै पनि मानिससँग सम्बन्धमा आउनु भनेको अरुको ख्याल
गर्ने र आफ्नो ख्याल गराउने सम्बन्ध विकाश गर्नु
पनि हो । हामी कहिले काँही हाम्रै जीवनका कतिपय
विषयमा यति धेरै अल्झिरहेका हुन्छौं कि अरुको ख्याल
गर्न विर्सिन्छौं । तर सम्बन्ध बनाउन अरुको बढी ख्याल
गर्नु महत्वपूर्ण हुन्छ ।
५ समय दिनुस्
कुनै पनि केटीलाई आफ्नो जीवनमा ल्याउन चाहनु हुन्छ भने
तपाइँ आफ्ना कुरा मात्र नसुनाउनुस् ।
उनका कुरा पनि सुन्नुस् । दोहोरो बातचितले मात्र
सम्बन्ध बन्न सक्छ । आफ्नो बारेमा बुझाउने
भन्दा अरुको बारेमा जान्न खोज्नुस् ।

No comments:

Post a Comment