Friday, 6 February 2015

मलेसियामा दर्जनौं नेपालीसहित सयौं विदेशी कामदार पक्राउ ।

मलेसिया, माघ २३– मलेसियाको संयुक्त सुरक्षा टोलीले झण्डै २ दर्जन नेपालीसहित सयौं विदेशी कामदारलाई पक्राउ गरेको छ । शुक्रबार अपरान्ह सुरक्षा टोलीले छापा मारी नेपालीसहित का बिदेसी कामदारलाई पक्राउ गरेको हो । मलेसियाको सेलोंगर राज्यको काजांग अन्तर्गत सेडांग भन्ने ठाऊको रेल्बे स्टेसनमा छपा मारि नेपाली लगायत अन्य मुलुकका नागरिकलाई  पक्राउ गरिएको हो । काजंगबाट नेपाली कामदार हेम बीस्टले दिएको जानकारी अनुसार अवैध रुपमा मलेसियामा बस्दै आएको अभियोगमा उनीहरुलाई इमिगेसन ,पुलिस, रेला र सीआईडीको सयुक्त टोली ले पक्राउ गरेको हो । यसबारे मलेसियास्थित नेपाली दूतावासले आधिकारीक जानकारी प्राप्त भइनसकेको जनाएको छ ।

No comments:

Post a Comment