Friday, 6 February 2015

फेसबुक चलाउनेलाई दुःखको खवर !


यदि तपाइँ पनि फेसबुक नचलाइ बस्नै सक्नु हुन्न भने
तपाइँका लागि दुःखको खवर छ ।
तपाइँका लागि साथीभाइ र इष्टमित्र सबैसँग नजिक
बनाउन निक्कै प्रभावकारी सावित यो सामाजिक
सञ्जाल तपाइँलाई निराश पार्ने कारण पनि बन्न सक्ने एक
अध्यनले देखाएको छ ।
तर यो कुरा तपाइँले फेसबुक कसरी चलाउनु हुन्छ
त्यसमा निर्भर रहने छ ।
खासमा अरुको पोष्टमा कति प्रतिक्रिया दिनु हुन्छ
भन्ने कुरा अझै महत्वपूर्ण हुन सक्छ ।
अमेरिकाको मिसौरी युनिभर्सिटीका शोधकर्ताहरुले
गरेको एक अध्यनका क्रममा यस्तो तथ्य बाहिर
आएको हो । जर्नल अफ कम्प्युटर्स इन ह्युमन
विहेवियरमा यो अध्यन प्रकाशित भएको छ । फेसबुक
चलाउँदा यसबाट तपाइँको मनमा पैदा हुने भावनाले
निरासा वा उदासी पैदा गर्न ठूलो भूमिका खेल्न सक्ने
अध्यन कर्ताहरुको भनाइ छ ।
मिसौरी युनिभर्सिटीको कोलम्बिया स्कुल अफ
जर्नालिज्ममा सामरिक सञ्चारका प्रमुख प्रोफेसर
मार्गरेट
डफीको नेतृत्वमा भएको यो अध्यनमा फेसबुकका पोष्टहरुमा आएका प्रतिक्रिया पढ्ने
र प्रतिक्रिया दिनेहरुमा उदासी बढ्ने गरेको तथ्य
बाहिर आएको हो ।
तर सम्बन्धका लागि फेसबुक चलाउनेहरुमा भने
यस्तो समस्या नआउने शोधकर्ताको भनाइ छ ।

No comments:

Post a Comment