म विवाहित पुरुष हुँ । अहिले मेरो एउटा एक वर्षीय
छोरा छ । हाल हामी कुनै पनि साधन प्रयोग
नगरी बाहिर विर्य स्खलन गरेर यौनसम्पर्क गर्छौं ।
हामी अब अर्को एउटा सन्तान चाहन्छौं । कुनै
पनि स्थायी बन्ध्याकरण गर्दा शरीरमा नकारात्मक
असर पर्छ भन्छिन् । सत्य के हो ? के कुनै पनि साधन प्रयोग
नगरी र बन्ध्याकरण नगरी यौनसम्पर्क गर्न सकिन्छ ।
बन्ध्याकरणले असर गर्छ कि ?
कुनै पनि व्यक्ति उसको यौन तथा प्रजनन अङ्गमा हुने
वा गरिने कुनै पनि कुराप्रति निकै सजग हुन्छ ।
त्यसमा पनि यस्तो शल्यक्रियाको कुरा गर्दा चासो,
चिन्ता मात्र होइन, एक किसिमको भयले सताउनु
पनि स्वभाविक हो । त्यसमा पनि पुरुष बन्ध्याकरण
अर्थात् भ्यासेक्टोमीको कुरा गर्दा त्यस्तो भय
अलि बढी नै पाइन्छ । बन्ध्याकरण गर्न लागेका प्राय:
सबैजसो व्यक्तिलाई यस्ता प्रश्नहरूले सताउँछन् ।
चिकित्सकले वा परामर्शदाताले पनि यसले पार्ने
सम्भ्ाावित असरहरूका बारेमा बताउँदैनन् ।
मनमा भएका अनेक प्रश्नका सम्बन्धमा साथीभाइसँग
जानकारी लिएको भरमा चित्त बुझाउनुपर्ने
बाध्यता हुन्छ, तर वास्तविकता के हो भन्ने कुरा धेरैलाई
जानकारी हुँदैन र त्यही कुरा एक व्यक्तिवाट
अर्को व्यक्तिमा सर्दै जान्छ । कतिपय
व्यक्ति मिथ्या कुरालाई नै यथार्थ हो भन्ने मान्छन् ।
सम्भवत: त्यसैले होला,
यो शल्यक्रियाका सम्बन्धमा समाजमा मित्थ्या धारणा विद्यमान
छ । बन्ध्याकरण गराउने व्यक्तिमा भएका यौन
जिज्ञासाहरूका वास्तविकता के हुन् त एकपल्ट नियालेर
हेर्ने प्रयास गरौं ।
बन्ध्याकरणलाई खसी पारेको भनिए पनि यथार्थ
त्यो होइन । गर्भ
रहनका लागि पुरुषको वीर्यमा भएका शुक्रकीटको मिलन
हुनु आवश्यक छ । पुरुष बन्ध्याकरण एउटा सामान्य
शल्यक्रिया हो । यो शल्यक्रियामा पुरुषमा भएका दुवै
शुक्रवाहिनी नलीलाई काटिन्छ, जसले
गर्दा अण्डकोषबाट उत्पादित शुक्रकीट
वीर्यमा मिसिएर निस्कन पाउँदैन । शुक्रकीट
नभएपछि गर्भ रहने कुरै भएन । यौन उत्तेजना स्नायु
प्रणाली तथा यौन अङ्ग संलग्न एक जटिल
प्रक्रियाको क्रियाशीलता हो । यौन परिकल्पना,
भावना तथा सोचाइहरू विशेष गरेर मस्तिष्कबाटै प्रस्फुटन
हुन्छन् । यौनाङ्ग, स्तन वा छालाजस्ता विभिन्न
स्रोतबाट प्राप्त उत्तेजना मस्तिष्कमै एकीकृत गरिन्छ
तथा बुझिन्छ र यसको अभावमा मानव यौन
प्रतिक्रिया चक्र पूरा हुँदैन । बन्ध्याकरण गर्दा यी कार्य
प्रणालीलाई कुनै किसिमको नकारात्मक असर पर्दैन ।
त्यसैले यौनसम्बन्धी व्यग्रता तथा भावनाहरू यथावत् नै
रहन्छन् ।
यौनेच्छालाई प्रभावित गर्ने महत्वपूर्ण रागरस (हर्मोन)
टेस्टेस्टेरोन हो । यसलाई पुरुष यौन रागरस भनिन्छ ।
यो रागरस अण्डकोषबाट उत्पादन हुन्छ । यो रागरसले
यौनेच्छामा प्रत्यक्ष रूपमा प्रभाव पार्छ ।
शुक्रकीटवाहिनी नलीलाई छानेर मात्र काटिने र बन्द
गरिने हुनाले अण्डकोषको कार्य सम्पादन गर्न
यो शल्यक्रियाले कुनै नकारात्मक असर पार्दैन ।
त्यसैगरी धेरैमा लिङ्ग उत्तेजित नहोला भन्ने चासो र
चिन्ता हुन्छ । लिङ्ग उत्तेजित
हुँदा लिङ्गमा भएका विशेष तन्तुमा रगत भरिन्छ र
यो कडा, मोटो र ठाडो हुन्छ । बन्ध्याकरण
गरिँदा त्यसको नजिक भएका स्नायु तथा रक्तनसालाई
कुनै किसिमको चोट नपुगोस् भनेर विशेष ध्यान पुर्याइन्छ ।
यो शल्यक्रिया गर्दा लिङ्गको स्नायु
तथा रक्तनसा वा लिङ्गलाई कुनै चोट वा खराबी पुग्दैन ।
त्यसैले लिङ्गमा रगत भरिने प्रक्रियामा कुनै अवरोध
उत्पन्न गर्दैन । त्यसैले लिङ्गको उत्तेजनामा कुनै
किसिमको नकारात्मक असर पर्दैन, अर्थात् रमाइलोसँग
यौनसम्पर्क राख्न सकिन्छ । शल्यक्रियाको सामान्य
असर हुने भए धेरैजसो व्यक्तिले हप्ता दिनपछि नै
यौनसम्पर्कमार्फत आनन्द प्राप्त गर्न सक्छन् । यसमा पुरुषत्व
हराउने भय हुँदैन । वीर्य पनि राम्रैसँग निस्कन्छ,
त्यसमा शूक्रकीट नहुने मात्र हो । यस अर्थमा गर्भ
निरोधका लागि बन्ध्याकरणका सम्बन्धमा सोच्नु उत्तम हुन्छ ।
साधन प्रयोग नगरी यौनसम्पर्क राख्न सकिन्छ ?
मानवले गर्भनिरोधका साधनको विकास
गर्नुभन्दा पहिले देखि र अहिलेसम्म गर्भ निरोधका साधन
प्रयोग नगरी यौनसम्पर्क गरिरहेका छन् । यो गर्नै नसकिने
कुरा होईन । यसरी कुनै साधन प्रयोग नगरी यौन सम्पर्क
गर्दा गर्भ रहने सम्भावना धेरै हुन्छ ।
यसरी आधुनिक साधन प्रयोग नगरी यौनसम्पर्क
गर्नुपर्दा केही प्राकृतिक उपाय नभएका भने होइनन् ।
तपाईंले प्रयोग गरिरहनुभएको बाह्य स्खलन एउटा महत्वपूर्ण
उपाय हो । त्यसैगरी क्यालेन्डर विधि अर्को उपाय हो ।
अहिले यसलाई Standard Days Method
मा मालाको प्रयोगरी बढी प्रभावकारी बनाउने
प्रयास भएको छ । पाठेघरको श्राव जाँच्ने वा तापक्रम
हेर्ने जस्ता विधिको चर्चा गरिए पनि त्यसको अवलम्बन
भने सजिलो छैन । यसलाई राम्रोसँग अवलम्बन गर्न सकिएन
वा नसकिने स्थितिले गर्भ रहने सम्भावना वृद्धि हुन्छ ।
No comments:
Post a Comment