Monday, 9 February 2015

यस्तो भयो भने बुझ्नुस् क्यान्सर हुँदैछ।

बेलायतको स्वास्थ्य विभागले एक चेतावनी जारी गर्दै
क्यान्सरका लक्षणबारे जानकारी दिएको छ । तीन
हप्ता भन्दा बढी छातीमा जलन भएमा तत्काल
चिकित्सकलाई सम्पर्क गर्न विभागले सुझाव दिएको छ ।
पेटमा क्यान्सर हुन लाग्दा छातिमा जलन हुने
चिकित्सकहरुको भनाइ छ ।
कस्ता लक्षणबाट थाहा हुन्छ ?
क्यान्सरका लक्षण बेलैमा थाहा पाउन सके
क्यान्सरको उपचार पनि सहज हुन्छ । पब्लिक हेल्थ
इंगल्याण्डका " बी क्लियर अन क्यान्सर "
अभियानमा सहभागी भएका चिकित्सकहरुले
यस्ता लक्षणबारे सूची नै सार्वजनिक गरेका छन् ।
यस्ता लक्षण के के हुन्?
१ तीन हफ्ता सम्म अपच हुनु
२ खाना निल्न समस्या हुने
३ विनाकारण तौल घट्नु
४ डकार आइरहनु
५ कम खाँदा नै पेट भरिएको जस्तो हुनु
६ बान्त हुन खोजे जस्तो हुनु
७ पेटको माथिल्लो भागमा अहसज हुने वा दुख्ने
लापरवाही नगर्नुस्
अधिकाँश मानिसहरु यस्ता सामान्य लक्षणलाई ध्यान
दिँदैनन् । पछि क्यान्सर भैसकेपछि भने पछुताउँछन् ।
मानिसहरुले पेटको क्यान्सरबाट बँच्न यस्ता सामान्य
लक्षणमा समेत ध्यान दिनु पर्ने चिकित्सकहरुको सुझाव छ

No comments:

Post a Comment