रौतहट । रौतहट बस व्यवसायी संघले
आजदेखी केहि स्थानमा अनिश्चितकालिन यातायात
सेवा बन्द गर्ने घोषणा गरेको छ ।
सदरमुकाम गौर,
बालचनपुर
देखि चन्द्रनिगाहपुर ,गंगापिपरा,
समनपुर,
कटहरिया लगायतका रुटहरुमा दर्ताबिना चलिरहेका सवारीसाधनहरुलाई
कार्यवाही गर्नु पर्ने माग राख्दै संघले
बन्दीको घोषणा गरेको हो ।
मापदण्ड अनुसार सवारीसाधन चलाउनु पर्ने,
ढुवानी सेवाको सवारी साधनलाई यात्रु परमिट लिई
चलाउने, भएको सहमति हाल सम्म कार्यन्वयन नभएकोले
बन्दीको घोषणा गरेको संघले जनाएको छ ।
ढुवानी सेवाको सवारी साधन व्यापक
रुपमा चलीरहेको कारण व्यवसायी संघमा आवद्ध रहेको बस
व्यवसायी मर्कामा परिरहेको संघको ठहर छ ।
व्यवसायी संघ द्धारा घोषित
दिवा सेवा बन्दको कारण गौरवाट चल्ने
हरिहरपुर,बंकुल,जंगलसैया, समनपुर , पिपरा, कटहरिया,
ईनरवारी,मौलापुर, देवाहीगोनाही, खतवैया,विजयपुर
सम्मको यातायात पुर्ण रुपमा वन्द रहने संघले जनाएको छ ।
माग पुरा नभए सम्म आन्दोलन जारी रहने संघले जनाएको छ ।
Monday, 9 February 2015
फेरि अनिश्चितकालीन यातायात बन्द।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment