Monday, 9 February 2015

केवलकार चढ्न मनकामना नै जानु पर्दैन ?

पोखराको फेवातालदेखि शान्तिस्तुपासम्म १.६
किलोमिटर लामो केवलकार निर्माणका निम्ति मार्ग
प्रशस्त भएको छ ।
१८ महिना अघि लक्ष्मी इन्टरकन्टिनेन्टलले
हालेको मुद्दाका कारण निर्माण कार्यमा रोक
लागेको थियो । सर्वोच्च अदालतको आज बसेको वैजनाथ
उपाध्याय र जगदिश शर्माको संयुक्त इजलासले
सो मुद्दा खारेज गरे लगत्तै सो कार्य सुचारु गर्न
लागिएको हो ।
मनकामना केबलकारका सञ्चालक राजेशबाबु र रमेशबाबु
श्रेष्ठले अबको आठ महिनाभित्र १३० करोड
रुपैयाँको लागतको केवलकार निर्माण गर्ने बताइएको छ ।
केवलकारको निर्माणले पोखरा भ्रमणमा आउने आन्तरिक र
बाह्य पर्यटकहरु लाभान्वित हुने अनुमान गरिएको छ ।
पोखरामा चाँडै नै दोस्रो अन्तराष्ट्रिय विमानस्थल
पनि बन्ने बताइएको छ ।

No comments:

Post a Comment