नेपालको मित्र राष्ट्र चीन १.३ अर्ब जनसंख्या सँगै
विश्वको सर्वाधिक जनसंख्या भएको हो । ९६,४१,१४४ वर्ग
किलोमीटर क्षेत्रफलको साथ यो रूस र
क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल
वाला देश हो। यति विशाल क्षेत्रफल भएको कारण
यसको सीमानासँग जोडीने
देशहरूको संख्या पनि विश्वमा सर्वाधिक (रूसको बराबर)
छ, जो यस प्रकार छ (उत्तरबाट दक्षिण तर्फ) रूस,
मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस,
म्यान्मार, भारत, भूटान, नेपाल, पाकिस्तान,
अफगान्स्तिान, ताजिकिस्तान, किर्गिस्तान, र
कजाखिस्तान। उत्तर पूर्वमा जापान र दक्षिण
कोरिया चीनको मुख्य भूमिबाट नजीकै छन् ।
चीनको बारेमा तपाईंमध्ये धेरै जनालाई धेरै
कुराको जानकारी होला तर
यहाँ दिइएका जानकारीहरु तपाईंमध्ये धेरैलाई थाहा नहुन
पनि सक्छ । १. चीनका धनी मानिसहरु
आफ्नो परिवारको सुरक्षाका लागि ‘बडी डबल्स’ किन्ने
गर्दछन् । चीनमा यो कुरा निकै साधारण मानिन्छ । २.
नयाँ इकोनोमी सर्भेमा चीन,
अमेरिकाभन्दा पनि आगाडि निस्किसकेको छ । ३.
विश्वको २९ प्रतिशत वायु प्रदुषणको कारण चीन हो । ४.
चीनमा अमेरिकाभन्दा बढि अंग्रेजी बोल्ने व्यक्तिहरु छन्
। ५. चीनमा एउटा विशेष प्रकारको सूप निकै लोकप्रिय
रहेको छ जुन विशेष प्रकारको चराहरुबाट बनेको बताइन्छ ।
६. चीनमा मानिसहरु वेभसाइटमार्फत प्रेमिका बुकिङ
गर्ने गर्दछन् जुन निकै साधारण मानिन्छ । ७.
चीनको जनसंख्या कहिले पनि कम हुन सक्दैन किनभने
यहाँका मानिसहरु सानो उमेरमा नै बच्चा जन्माउने
गर्दछन् जसका कारण यहाँको रि–प्रोडक्सन पावर निकै
राम्रो मानिन्छ । ८. चीनमा मानिसहरुका निकै
पिरो र स्पाइसी खानेकुरा मनपराउने गर्दछन् । ९. आजकाल
चीनका मानिसहरुमा बडी बिल्डर्स बन्ने शोक
देखिएको छ । १०. चीनका टीनएजर आइफोन भनेपछि निकै
हुरुक्क हुने गर्दछन् । तपाईंले सुन्नु भएकै होला, चीनका एक
किशोरले आइफोनका लागि आफ्नो किड्नी बेचेका थिए
। ११. आफ्नो फिल्म ‘सेभेन इयर्स इन टिबेट’ का कारण
हलिउडका निकै चर्चित कलाकार ब्राड पिट फेरि फर्केर
चीन गएनन् । १२. चीनमा सबैभन्दा लामो ट्राफिक जाम
भएको थियो जुन १० दिनसम्म ६० मिल परसम्म
लागेको थियो । १३. एक चीनियाँ पुरुषले
आफ्नी श्रीमतीमाथि यसकारण मुद्दा चलाए किनभने
उनका बच्चाहरु श्रीमतीको कारण
नराम्रो जन्मिएका थिए र अचम्मको कुरा के छ भने उनले
यो मुद्दा जितेका थिए । १४. चीनमा सबैभन्दा धेरै
मानिसहरु बेरोजगारीका कारण आत्महत्या गर्ने गर्दछन् ।
Friday, 6 February 2015
चीनको बारेमा तपाईंलाई थाहा नभएका अचम्मका कुरा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment