सन्दरताको विषयमा हामीले यस
अघि पनि यहाँहरुलाई विभिन्न आश्चर्यजनक खबरहरु
दिने गरेका थियौ । आज
पनि यही प्रयासमा हामी छौ ।
सुन्दरता एउटा यस्तो जादुगरी पक्ष रहेछ, जसलाई
हरेकले लोभ्याई रहेको हुन्छ । हरेक मानिस यहाँ सुन्दर
अनि आकर्षक देखिन चाहन्छ । चाहना मात्रै होइन
सुन्दर देखिन कै निम्ति अनौको उपायहरु अपनाउने
समेत छन् ।
यस अघि हामीले प्रस्तुत गरेको खबरमा सुन्दर रहन
कसैले अनुहारमा करौडौको सुनको फेसियल गराउने
त कोही अनुहारमा चाउरीपना आउने डरले ४० वर्ष
देखि हास्दै नहास्ने गरेको आश्चर्यजनक खबर सुनाई
सकेका छौ ।
आजको खबर पनि केही यस्तै ओ भन्ने प्रकारको नै छ ।
मानिसहरु छालालाई चमक दिन, सुन्दर बनाउन
या आरामको महसुस गर्न विभिन्न
प्रकारको मसाजहरु गराउने गर्छन् । तर यस्तो मसाज
सायद अहिले सम्म धेरैजनाले गरेका छैनन होला।
किनभने यस्तो मसाज गराउन हिम्मतको आवश्यक
पर्छ । किन थाहा छ ? यो कुनै हात या मेसिनबाट
गराउने मसाज होइन, यो मसाज गराईन्छ,
शंखेकिराबाट ।
डेली मेलको खबर अनुसार
शंखेकिरा अनुहारमा राखि रघटाइन्छ ।
शंखेकिराबाट गराइएको यस प्रकारको मसाज निकै
फाइदाजनक हुने विश्वास गरिन्छ । स्नेल
या यसरी भनौ शंखेकिरामा कोलाजन,
ग्लाइकोलिड एसिड , एन्टीबायोटिक्स र अन्य सरह
कम्पाउण्ड हुने गर्छ । यसै कारण शंखेकिराबाट
गरिएको मसाजले छाला राम्रो हुने
अनि छालामा रहेका विभिन्न दागहरु हराउने गर्छ ।
यस्तो पनि मानिएको छ
किअफ्रिकाकोशंखेकिरासबैभन्दाराम्रोमानिन्छ
। जुन फ्रान्स र रुसमा यसको सबैभन्दा बढी प्रयोग
गरिएको पाइएको छ ।
त्यसै पनि यस शंखेकिराको मसाज गराउने
महिलाहरुको संख्या वृद्धि हुँदै गैरहेको छ ।
यता शंखेकिरालाई पाल्ने किसानहरुलाई
पनि निकै फाइदा भैरहेको उनीहरु स्वयम् बताउँछन् ।
Saturday, 7 February 2015
मसाज, त्यो पनि,,,,,,,,,,,,,
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment