Saturday, 7 February 2015

ढिके नुन नखानुस, ज्यान पनि जान सक्छ !

माघ २४ । ढिके नुनको प्रयोगले ज्यान पनि जान
सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार
अयोडिन
नपाउदा बढीजसो वालवालिका रक्तचापको सिकार
हुने गरेका छन् ।
ढिके नुनमा आयोडिन अभावले रक्तचाप बढेर ज्यान जाने
खतरा बढेको डा. विरेन्द्र तिवारीको भनाई छ ।
यसैकारण रसुवाका विभिन्न ठाउँमा विद्यालयले
आयोडिनयुक्त नुनको प्रयोग बढाउन जनचेतनामुलक
कार्यक्रम दिन थालेका छन् ।
आयोडिनयुक्त नुनको कमीबाट हुने शारीरिक,
मानसिक र सामाजिक
कमजोरीका बारेमा जानकारी गराउने उद्देश्यले
फ्रेवअरीदेखि एक महिना भर आयोडिन
महिना विभिन्न जनचेतनामुलक कार्यक्रम सुरु
गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाको आयोजना,
स्थानीय साझेदार संस्थाहरू मानेकोर सोसाइटी र
स्वास नेपाल,
मिडिया सहयोगि रेडियो रसुवाको सहयोगमा म्याक्स
प्रो नामक गैरसरकारी सस्थाले धुन्चेमा सार्वजनिक
अन्तरक्रिया कार्यक्रम गरेको छ ।
रसुवाका बरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर
मिजारले आयोडिनको प्रयोग नगर्दा धेरै समस्या आउने
हुदा आयोडिनयुक्त
नुनको बढी भन्दा बढि जानकारी गराउने उद्देश्यले
आयोडिन महिना मनाउन थालिएको बताउनुभयो ।
उहाँले २ बालबालिका चिन्ह अंकित आयोडिनयुक्त
नुनको प्रयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
म्याक्स प्रोका जिल्ला संयोजक राजन पुडासैनीले
अहिले आयोडिनयुक्त नुनको प्रयोग बढ्दै गएको बताउदै
रसुवाको १६ बटा पसलमा ट्रयाकिङ
गरिरहेको बताउनुभएको छ । उहाले आयोडिन महिनाभर
सार्वजनिक अन्तरक्रिया गर्ने, जिल्लाको ३०
वटा विद्यालयमा आयोडिनयुक्त
नुनको बारेमा कक्षा संचालन गर्ने।
बेत्रावतीदेखि स्याफ्रुबेशीसम्म
भिडियो डकुमेन्ट्री देखाउने लगायतका कार्यक्रमहरू
संचालन गर्ने जानकारी दिनुभयो ।
यस्तै, उक्त रक्तचाप भएका परिवारमा हरेक दिन करिब ५
ग्राम आयोडिनयुक्त नुनको प्रयोग गरेमा बाल
बच्चामा कुनै पनि असर नगर्ने
जिल्ला अस्पतालका डाक्टर समिर श्रेष्ठले
बताउनुभएको छ । उहाले लामो समयसम्म प्रयोग
गरेको आयोडिनयुक्त नुन सफा ठाउमा छोपेर राखे
आयोडिन नष्ट नहुने बताउनुभएको छ ।
सार्वजनिक
अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा आयोडिन
नुनको महत्व, फाइदा र आयोडिन नुनको प्रयोग
नगर्दा हुने समस्याहरूको बारेमा सरोकारवाला र
स्थानीय बीच छलफल गरिएको छ ।
नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ,
रसुवा उच्च माविका शिक्षक गोकर्ण नेपाल लगायतले
आयोडिनयुक्त नुनको प्रयोग गर्न आ–आफनो ठाउबाट
सहयोग गर्ने बताउनुभएको थियो ।

No comments:

Post a Comment