Saturday, 7 February 2015

पहिलो सेक्सले अझै सताइरहेको छ : झरना थापा

नेपाली चलचित्र जगत्की सफल एवं लोकप्रिय
नायिका हुन् झरना थापा । कलिलै उमेर विवाह भयो उनको । भन्छिन्,
“श्रीमान्सँग गरेको सेक्सको मज्जा अर्कै हुँदो रहेछ ।”
सेक्सले नै जीवन सन्तुष्ट र सुखी हुने
उनको धारणा छ । सेक्सका धेरै प्रस्ताव आए झरनाको जीवनमा ।
भन्छिन्, “विश्वास गर्नुस्, पहिलो प्रेम र सेक्स श्रीमानसितै
भयो । म यति सन्तुष्ट छु कि ब्याख्या नै गर्न सक्दिन ।” उनको विचारमा सेक्स
अपरिहार्य छ । र योविना जीवन पूर्णता हुँदैन ।
यी चुलबुले नायिकासित सेक्सबारे धेरै प्रश्न सोधियो । सेक्स
संवाद लम्बिँदे गएपछि झरनाले मस्केर भनिन्, “विवाह गर्नेलाई थाहा हुन्छ
ऋषिजी सेक्स कस्तो हुन्छ भनेर ।
तपाईं अविवाहित मान्छे मलाई किन यसरी सोध्नुहुन्छ –
विवाह गर्नुहुन्छ भने म कुनै नायिका खोजिदिन्छु ।” रिपोर्र्टर्स नेपालसित
झरनाले नयाँ पुस्तालाई पनि निकै सन्देश दिएकी छिन् । उनले भनिन्,
” अहिलेका युवायुवतीहरुलाई म के आग्रह गर्छु भने
जीवनमा प्रेम गर्नुस् मज्जाले ।
सेक्सचाहिँ विवाहपछि गर्नुहोस् ।
प्रेम र सेक्सलाई सँगै लिएर जान सकिँदैन ।सेक्सका लागि प्रेम गर्नुहुँदैन ।
सफा दिलले प्रेम गर्न सक्ने मान्छे नै सुखी र
खुसी हुन्छ ।”

No comments:

Post a Comment