Saturday, 7 February 2015

जानी राखौ: पुरुषको मुखबाट महिलाले सुन्न चाहने १० चिज।

अधिकाँश पुरुषहरु महिलाई के मन पर्छ भन्ने आफूले बुझ्न
नसकेको गुनासो गर्छन् ।
यहाँ केही त्यसता कुराको चर्चा गरिएको छ जुन कुरा सुन्न
महिलाहरु लालायित हुन्छन् तर पुरुषहरु भने भन्न हिच्किचाउँछन् ।
यदि कुनै महिलाई आकर्षित गर्न वा खुसी राख्न
राहनु हुन्छ भने धेरै केही गर्नु पर्दैन सामान्य
बोलीचालीमा उनीहरुलाई
मन पर्ने कुरा गरिदिए पुग्छ ।
तपाइँलाई अचम्म लाग्न सक्छ तर यो सत्य कुरा हो ।
यदि तपाइँ आफ्नो सम्बन्धमा प्रतिबद्ध हुनुहुन्छ र सम्बन्ध
टुट्लाकी भनेर चिन्तित हुनुहुन्छ भने यि महिलालाई
मन पर्ने केही कुरा ध्यानमा राख्नुस् ।
सुन्दरताको बयानः
पुरुषले जहिले पनि महिलालाई मन पर्ने तीन
कुरा मनमा राखि रहनु पर्छ । सबै महिलालाई मन पर्ने खाना,
दराजमा नयाँ नयाँ कपडा र पुरुषहरुले आफ्नो सुन्दरताको बयान गरेको मन पर्छ
। महिलाई तिमी राम्री छौ भन्दिँदा जित
खुसी अरु केही गर्दा नि लाग्दैन । कुनै पुरुषले
तिमीलाई यो कपडा राम्रो देखिएको छ भन्यो भने मख्ख पर्छन् ।
३०
वर्षकी महिला पनि यो उमेरमा पनि कस्तो सेक्सी देखिएको भन्दा फुरुक्क
पर्ने हुन्छन् ।
'तिमी मेरो पहिलो प्रेम हो'
महिलालाई तिमी मेरो पहिलो प्रेम हो भन्यो भने मख्ख
पर्छन् किन भने उनीहरुलाई यो एक मात्र महिलालाई प्यार
गर्ने पुरुष हो भन्ने पर्छ ।
सँगै सुत्दा प्रशंसा गर्नुस्
जुन सुकै महिला पनि आफ्नो प्रशंसा सुन्न लालायित हुन्छन् ।
खासगरी सँगै सुतिरहेको समयमा प्रशंसा गरेको महिलालाई
खास मन पर्छ । यसो गर्दा तपाइँ सेक्स जीवनमा सन्तुष्ट
हुनुहुन्छ भन्ने प्रभाव पर्छ र महिला खुसी हुन्छन् ।
'तिमी असल आमा बन्न सक्छौ'
कुनै पनि महिला आमा बन्न लालियत हुन्छन् । त्यसकारण
उनीहरुलाई तिमी असल आमा बन्न
सक्छौ भनिदियो भने अति खुसी हुन्छन् ।
महिलाहरुमा बच्चा सम्हाल्न सक्छु कि सक्दिन भन्ने पिर मनमा हुने
हुँदा पनि यसो भन्न जरुरी हुन्छ ।
भावुकताको कदर गर्नुस्
सबैजसो महिलाहरु भावुक हुन्छन् ।
तिमी मेरो जीवन साथी बन भनेर
भन्दा महिलाहरु पग्लिन्छन् । त्यति भनेकै भरमा तपाइँले
उनीहरुको मनमा राज गर्न सक्नु हुन्छ ।
हरेक कुरामा सल्लाह लिनुस्
महिलाहरु साना सान कुरामा पनि उनीहरुसँग सल्लाह
लिएको मन पराउँछन् । तपाइँले मोबाइल किन्दा होस्
या गाडी किन्दा महिलासँग तिमीलाई कुन मन पर्छ
भनेर सोध्नु भो भने उनीहरु खुसी हुन्छन् ।
यसले उनीहरुलाई सम्मानित पनि अनुभव गराउँछ ।
'तिमी मेरी सबैभन्दा नजिकको साथी हो'
कुनै पनि स्त्री आफूलाई कुनै पुरुषले
साथी भनेको सुन्न लालायित हुन्छे ।
उनीहरुलाई केवल सुन्दरता र शरीरको बर्णनले
मात्र पुग्दैन उनीहरुलाई
साथी बनाएको बढी मन पर्छ ।
महत्व बुझाउनुस्
स्त्रीहरुलाई पुरुषले महत्व दिएको मन पर्छ ।
तिमी मेरो जिन्दगी हो भनेमा उनीहरु
मख्ख पर्छन् ।
तिमी मेरो जीवनमा कति महत्वपूर्ण छौ भन्ने
कुरा सँधै बुझाउनुस् ताकि उनीहरुलाई
आफ्नो गहनता महसुस हुन्छ ।
आई लभ यू
आई लभ यू अर्थात म तिमीलाई प्रेम गर्छु भन्ने केवल तिन
शब्दले महिलाको मन सहजै जित्नै सकिन्छ । महिलाहरु आई लभ यू
भनेको सुन्न लालियत हुन्छ । यद्यपी यस्को प्रयोग भने
सही समयमा गर्नु पर्छ ।

No comments:

Post a Comment