Saturday, 7 February 2015

फ्रान्समा एक्सन फिल्म निषेध।

पेरिस, बीबीसी, माघ २४ - फ्रान्स
पर्यटकको आकर्षणको केन्द्र त हुँदै हो,
विश्वभरिका फिल्म छायांकन गर्ने प्रमुख गन्तव्य
पनि हो । युरोपेली कला र
संस्कृतिको राजधानी मानिने
फ्रान्सको राजधानी पेरिसमा आइफेल टावर, लुभ्र
संग्रहालय र भर्सेईको दरबारजस्ता थुप्रै स्थल छन्,
जहाँ वर्षेनी सयौं फिल्म छायांकन हुने गरेका छन् ।
बक्सअफिसमा हिट भएका टम क्रुजको थि्रलर फिल्म
'एज अफ टुमरो', स्कारलेट जोहान्सन अभिनीत लुक
बेसनको 'लुसी' जस्ता हालैका बक्सअफिसमा हिट
भएका फिल्महरू पेरिसमा खिचिएका हुन् ।
यसबाहेक म्याट डेमनको 'बर्न आइडेन्टिटी'को द्वन्द्व
दृश्यहरू पनि पेरिसमै खिचिएका हुन् । तर
शार्ली एब्डो पत्रिकाको कार्यालयमा गएको महिना भएको आक्रमणपछि अधिकारीहरूले
पेरिसमा द्वन्द्वप्रधान फिल्मको सुटिङमा प्रतिबन्ध
लगाएका छन् । 'द्वन्द्व दृश्यको छायांकन
गर्दा समस्या आउने भयो,' प्रहरी कमान्डर
सिल्भी बार्नोदले भनिन्, 'आतंककारीले सुटिङ गर्ने
शैलीमा आक्रमण गर्न सक्ने ठानेर
सतर्कता अपनाइएको हो ।' उनले
अहिलेको जस्तो संवेदनशील अवस्थामा द्वन्द्व दृश्य
छायांकन गर्दा सर्वसाधारणलाई पनि अन्योल पर्न
जानेतर्फ सरकार सचेत भएको बताइन् ।
पेरिसका अधिकारीहरूले नक्कली हतियारको प्रयोग
र आतिसबाजी गर्नमा पनि बन्देज लगाइएका छन् । गत
जनवरीमा भएको आक्रमणमा २० जनाले ज्यान
गुमाएका थिए । त्यसयता सशस्त्र प्रहरी र सेनाले
पत्रिकाका कार्यालयहरू, ठूला सपिङ मलहरू
लगायतका संवेदनशील स्थानहरूमा नियमित
गस्ती गरिरहेका छन् ।
कमान्डर बार्नोदले फिल्म
छायांकनमा लगाइएको यो प्रतिबन्ध
कतिन्जेलसम्मका लागि हो भन्ने आफूलाई
जानकारी नभएको बताएकी छन् । तर उनले
यस्तो प्रतिबन्ध स्वाभाविक भएको उनले जनाइन् ।
शार्ली एब्डो आक्रमणका प्रत्यक्षदर्शीहरूले
टीभी च्यानलहरूलाई दिएको अन्तर्वार्तामा आफूलाई
त्यो आक्रमण
फिल्मको सुटिङजस्तो लागेको प्रतिक्रिया दिएका थिए
। सरकारी तथ्यांकहरूले गत वर्ष ९ सय ३० फिल्म
पेरिसमा सुटिङ गरिएको देखाएका छन् । त्यसमध्ये
हलिउडका र अरू अन्तर्राष्ट्रिय
फिल्महरूको संख्या अत्यधिक छ ।

No comments:

Post a Comment