Saturday, 7 February 2015

माया पिरती दिवस अर्थात भ्यालेनटाइन डे अविस्मरणिय बनाउने तरिका

भ्यालेनटाइन डे को उपलक्ष्यमा तपाईं
आफ्नो भ्यालेनटीनोलाई अनेकौं प्रकारको उपहार दिने
सोंच्दै हुनुहुन्छ होला, तर तपाई जसलाई अटुट माया गर्नुहुन्छ
उसको स्वास्थ्य भन्दा ठुलो अरु केहीपनि हुनै सक्दैन ।
भ्यालेनटाइन डे माया पिरती साटासाट गर्ने दिन मात्र
होइन, यो दिनमा तपाईंले दिने वा लिने उपहारले
तपाईको स्वास्थ्यमा हानी नपुर्याओस भन्ने
बारेमा पनि सतर्क रहनु जरुरी छ । चकलेट, केक, कुकीज,
पेस्ट्री जस्ता कुराहरु
तपाईको पार्टनरका लागि हानिकारक हुनसक्छ ।
तपाईका निम्ति आप्नो डार्लिङको स्वास्थ्य
भन्दा ठुलो अरु केही हुन सक्दैन तसर्थ आउँदो भ्यालेनटाइन डे
स्वस्थ्य र अविस्मरणीय बनाईराख्न तलका स्वस्थ्य
तथा उपयुक्त उपायहरु अपनाउनु होस् ।

* यदि तपाईं भ्यालेन टाइन डेमा कतै टाढा जाँने
बिचारमा हुनुहुन्छ भने त्यस
ठाउँका बारेमा जानकारी लिन नबिर्सिनुहोस् ।
त्यहाँको मौसम, केही आवश्यक औषधी र यदि समुन्द्र
किनारतिर जाने सोंचमा हुनुहुन्छ भने सनस्क्रीन अवश्य
बोक्नहोस् ।

* आजभोली मादक पदार्थ बिनाको पार्टीलाई
अधुरो मानिन्छ । तर तााईंको स्वास्थ्य तपाईंको प्रमुख
आवश्यकताहो भन्ने कुरामा ख्याल गर्नुहोस् । पेय
पदार्थको सेवनले तपाईं र
तपाईंको पर्टनरमा खरावी तथा मनमुटाव पनि ल्याउन
सक्छ । मादक पदार्थको सेवन गरिहालेको खण्डमा ड्राइभ
नगर्नुस् ।

* भ्यालेनटाइन डे को उपलक्ष्यमा रमाईलोगर्न कसलाई मन
नलाग्ला र ? तर त्यो भन्दा पहिले आफू र
आफ्नो पार्टनरको सुरक्षाका बारेमा पुरै निशिचत
हुनुहोस् ।
- साथीलाई मनपर्ने चकलेट उपहार दिएर
आफ्नो माया व्यक्त गर्नु राम्रो तरिका हो । तर
चकलेटमा प्रयोगहुने क्यालोरीले
साथीको जिउको आयतन बढायन सहयोग गर्छ भन्ने
कुरा बिर्सीनु हुँदैन ।

* भ्यालेन्टाइन डे का दिन
कोही तपाईंको मनको कुनामा ठाउँ बनाउन आउँदैछ । तर
त्यही बेला तपाईंले आफ्नो मुटुको पनि ख्याल राख्न
बिर्र्सीनुहुँदैन । फेब्रअरी महिनालाई अमेरिकन हार्ट
मन्थका रुपमा मनाईने गरिन्छ । त्सर्थ
तपाईंपनि यही भ्यालेन टाइन डे बाटै आफ्नो मुटु स्वस्थ्य
राख्ने विषयमा बिचार पुर्याउनुहोस् ।

*  भ्यालेनटाईन डे का दिन वा अन्य
दिनपनि हरियो सागसव्जि तथा फलफुलको प्रयोग धेरै
मात्रामा गर्नुहोस् ।

*  पार्टनरलाई उपहार दिनुपुर्व उपहारमा ध्यान
पुर्याउनुहोस र कतिपय उपहारले
तपाईंको पार्टनरको स्वास्थ्यमा असर पार्न पनि सक्छ ।
एलर्जी, स्वाशप्रश्वास, डायबिटीज या अरु कुनै
समस्या छ भने उनलाई उपहार दिनुपुर्व विचार गर्नुहोस् ।
आउँदो भ्यालेनटाइन डे स्वस्थ्य, रमाइलो, अविसमरणिय
होस् र त्यसका साथै तपाईं र
तपाईको पर्टनरको आगामी दिन रमाईलोसँग बितोस
भन्ने हाम्रो कामना ।

No comments:

Post a Comment