Friday, 6 February 2015

सत्य युगमा महादेवले डेटिङ गर्ने ठाउँमा कलियुगमा डेटिङ गर्ने को हुन् ?

ाठमाण्डु– झण्डै एक महिनायता हिन्दू
नेपालीको घरघरमा स्वस्थानी ब्रत बस्ने, कथा सुन्ने र
सुनाउने क्रम जारी छ ।
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म
एक महिना स्वास्थानी ब्रत बस्ने चलन छ । विवाहित
महिलाले पतिको दिर्घायुको कामना गरेर र
अविवाहतिले असल पति पाउँ भनी स्वास्थानी ब्रत बस्ने
गर्दछन् । स्कन्द पुराणका अनुसार सत्ययुगमा भगवान्
विष्णुको सल्लाहमा हिमालय पर्वतकी पुत्री पार्वतीले
महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई
निराहार व्रत
बसेपछि मनोकांक्षा पूरा भएको विश्वासमा आज
पनि ब्रत बस्ने चलन कायमै छ ।
स्वस्थानी ब्रत कथामा नेपालका विभिन्न स्थानबारे
उल्लेख भएको पाइन्छ । शाली नदी, तारकेश्वर, चामुण्डा,
श्लेष्मान्तक र मृगस्थलीजस्ता स्थान र
ती स्थानबारेका चर्चा पुस्ताकमा छन् ।
स्वास्थानी कथाका नायक हुन् महादेव । कथामा उल्लेख
भएअनुसार महादेव पशुपतिनाथ मन्दिरको उत्तर
भागमा अवस्थित श्लेष्मान्तक वन र
गृगस्थली क्षेत्रमा मृगको रुप धारण गरेर बसेका थिए ।
कैलाश पर्वतबाट प्रेमिका पार्वतीलाई छलेर
गृगश्थली आएका उनले मृगिणीहरुसँग घुमफिर र सहबास
गरेका थिए ।
महादेव मृगस्वरुप उपख्यान अन्तर्गत वर्णन गरिएको यस
स्थानलाई हामी अहिले हिन्दूहरुका आरध्यदेव
पशुपतिनाथ मन्दिरको उत्तर–
पूर्वी स्थानमा रहेको मृगस्थली क्षेत्र भनेर चिन्ने गर्छौ ।
शिव–पार्वतीको माया र प्रेमको प्रसंगमा वर्णन
गरिएको सो क्षेत्र आजकाल नयाँ युवा–युवतीको ‘डेटिङ’
जाने ठाउँका रुपमा परिचित हुन थालेको छ । दैनिक
दर्जनौं जोडीहरु पछिल्लो त्यहाँ गएर
आफ्नो मायाको फूल फुलाउने गर्छन् ।
किन जान्छन् प्रेम जोडी सो क्षेत्र
पशुपति क्षेत्र अन्तर्गत पर्ने मृगस्थली क्षेत्र आन्तारिक र
बाह्य पर्यटकका लागि महत्वपूर्ण
गन्तव्यका रुपमा परिचित छ । हिन्दू धार्मिक
सभ्यताको महत्वसँग जोडिएकाले
सो स्थानमा घुमफिरका युवायुवतीको रोजाइमा परेको हो ।
पशुपतिनाथको दर्शनपछि अधिकाँश
युवायुवती मृगस्थली (श्लेषमान्तक वन) क्षेत्र घुम्न जाने गर्छन्
। धार्मिक महत्वको क्षेत्र, घमुफिरका लागि स्वतन्त्र
स्थान, हरियाली जंगल, फाट्टफुट्ट देखिने मृग र
चराचुरुंगीहरुको बथान लगायतका आकर्षणका कारण
सो क्षेत्रमा अधिकांश युवायुवतीहरु घुम्न जाने गर्छन् ।

No comments:

Post a Comment