सिरहा : सिरहाको गोलबजार नगरपालिका–८
चोहर्वामा सोमबार बिहान एक
नवविवाहिता महिलाको जलाएर ‘हत्या’ भएको छ ।
आफ्नै घरको कोठामा शरीरमा मट्टितेल छर्किएर
आगो लगाएपछि करिव १८
वर्षीया सरिता सहनीको मृत्यु
भएको इलाका प्रहरी कार्याल गोलबजारले जनाएको छ।
(i)
मंसिरमा विवाह गरेकी सरिता आफैँले
शरीरमा आगो लगाएर आत्महत्या गरेको हल्ला गर्दै
उनकी पति सीताराम सहनीसहित घरका सबै सदस्य
घटनापछि फरार भएका छन् ।
सरिताको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल
सिरहा लगिएकोे इलाका प्रहरी कार्यालय
गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले
बताए ।
केही दिनयता जारी घरायसी विवादपछि आफैंले
शरीरमा आगो लगाएर सरिताले
आत्महत्या गरेको हल्ला उनका पतिसहितका सदस्यले
चलाएका थिए । तर,
दाइजो लेनदेनको विषयमा परिवारका सदस्यले नै
उनको जलाएर हत्या गरिएको हुनसक्ने छिमेकीले
बताएका छन् ।
घटनास्थल प्रकृति मुचुल्कासहित शव
पोष्टर्मामका लागि पठाइएपछि अनुसन्धानको प्रकृया अ
प्रहरी निरीक्षक निरौलाले बताए ।
Monday, 9 February 2015
‘नवविवाहिता दुलहीलाई जलाएर मारियो’।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment