Monday, 9 February 2015

राँगो जोगाउँदा दुई जनाको ज्यान गयो।

झापाः झापाको शिव–सतासी नगरपालिका–३
झिलझिले सडकखण्डमा आइतबार
भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२
जना घाइते भएका छन् ।
को १ ख २८९६ नम्बरको यात्रुबाहक बसले को १७ प ५८५५
नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल
चालक शिव–सतासी–७ का अच्यूत गेलाल र पछाडी सवार
सोही ठाउँकी गंगादेवी पौडेलको मृत्यु भएको हो ।
(i)
दुर्घटनामा परी गम्भीर घाइते गेलाल र
पौडेलको न्यूरो अस्पताल
बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक
प्रहरी कार्यालय झापाले जनाएको छ । वाटामा हिँड्दै
गरेको राँगालाई जोगाउने क्रममा बसले मोटरसाइकललाई
ठक्कर दिएको थियो ।
ठक्कर दिएको बस अनियन्त्रित भई पल्टिदा बसमा सवार
२२ जना घाइते भएका हुन् । घाइतेको दमकको लाइफलाइन,
आम्दा अस्पताल र स्थानीय क्लिनिकमा उपचार
भइरहेको प्रहरीले जनाएको छ ।
रतुवामाई बृक्षारोपण
आयोजनाको जंगलक्षेत्रको चरनबाट राजमार्ग काट्दै
गरेको हेरालु बिनाको राँगो जोगाउन
खोज्दा सोे दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्

प्रत्यक्षदर्शी मिरामाया मिश्रले तीब्र
गतिमा आएको बसले राँगोलाई ठक्कर दिएर
दायाँ मोडदा मोटर साईकल लाई ठक्कर दिएको बताईन्
। सिमीत गतिको मोटर साईकललाई बसले ठक्कर
दिएपछि त्यसमा सवार दुई जना नै सडकमा ढलेका थिए ।

No comments:

Post a Comment