Friday, 6 February 2015

हर्टअट्याक हुँदैछ भन्ने यसरी थाहा हुन्छ जानी राखौ।

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो ।
त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ ।
छातीको बिच भागमा वा बायाँतिर दुख्ने
वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव
भएको महसुस हुने, छाती हल्का दुखी राख्ने ।
यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने,
वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक
गर्ने, रिंगटा लाग्ने
भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ ।
यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल
उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल्दो छ भने
तपाई हर्टअट्याकको जोखिममा हुनुहुन्छ ।

हर्टअट्याकका १० कारण

* धुम्रपान वा सूर्ति सेवन

* उच्च कोलेस्टेरोल

* मधुमेह

* उच्च रक्तचाप

* अत्याधिक मदिरा सेवन

* शारीरिक गतिबिधिमा कमी

* मोटोपना

* वंशाणुगत

* मानसिक तनाव

* बढी नुनीलो, चिल्लो र गुलियो खान

No comments:

Post a Comment