Saturday, 7 February 2015

चोरी औंलाबाट थाहा हुन्छ तपाईंको प्रगती हुन्छ कि हुँदैन !!!


हाम्रो आसपासमा सबै मानिसका रुची                 फरक फरक हुन्छन् । मानिसहरु
एक अर्काको स्वभावरभाग्य थाहा पाउन
उत्सुक हुन्छन् ।हस्तरेखा शास्त्र
अर्थात समुन्द्र शास्त्रका अनुसार
मानिसको चोरी औंला हेरेर नै
उसको नेतृत्व क्षमता कति छ र उ हाकिम
बन्न सक्छ कि सक्दैन भनेर ।
चोरी औंलाको प्रभाव
चोरी औंलाको तल पट्टी गुरु पर्वत स्थित हुने भएका कारण
यसलाई गुरु औंला पनि भन्ने गरिन्छ ।
सामान्यतया यही औंलाको आधारमा नै कुनै
पनि ब्यक्तिको नेतृत्व क्षमता आँकलन गर्न सकिने समुन्द्र
शास्त्रको दावी छ ।
यदि कुनै पनि ब्यक्तिको चोर औंला माझी औंला बराबर
छ अर्थात केही लामो छ भने यस्ता ब्यक्ति नेतृत्वमा पुग्छन्
। यिनीहरु राम्रा हाकिम पनि बन्न सक्छन् ।
यदि यो औंला सहित अन्य लक्षण
पनि मिलेमा यस्तो ब्यक्तिले
हजारौं मानिसमाथि राज गर्न समेत सक्छ ।
यदि चोरी औंला माझी औंला भन्दा पनि लामो छ भने
त्यस्तो ब्यक्ति अत्याधिक घमण्ड गर्ने ब्यक्ति हुन्छ ।
यस्ता ब्यक्तिले अरुलाई गन्दै नगन्ने र
तानाशाही स्वभावका पनि हुन्छन् ।
त्यसैगरी कुनै पनि ब्यक्तिको चोरी औंला सामान्य
लम्बाइ भन्दा पनि छोटों भयो भने त्यस्ता ब्यक्ति कम
महत्वाकाँक्षी हुन्छन् । यिनीहरुलाई नयाँ काम गर्न
उत्साह देखिँदैन ।
यदि चोरी औंला अनामिका औंला भन्दा अग्लो छ भने
यस्ता ब्यक्ति अत्याधिक महत्वाकाँक्षी हुन्छन् र कहिले
काँहि अति उत्साहित भएर काम समेत विगार्छन् ।
यिनीहरुले समय समयमा धनको नाश समेत ब्यहोर्नु पर्छ ।
finger boss 4
यदि कुनै ब्यक्तिले अनामिका र चोरी औंलाको लम्बाइ
बराबर भयो भने त्यस्ता ब्यक्ति अधिक पैसा कमाउने र
मान सम्मान प्राप्त गर्ने हुन्छन् । यस्ता ब्यक्ति हरेक
परिस्थितिमा सन्तुष्ट रहन्छन् ।
समान्यतया हाम्रो औंलामा तीन भाग हुन्छन् । तीन
भागमा ब्यक्तिको स्वभाव अध्यन गर्न सकिने
हस्तरेखा शास्त्रको दावी छ ।
यदि चोरी औंलाको पहिलो भाग ( नङतिरको भाग)
अन्य दुई भाग भन्दा बढी छ भने यस्ता ब्यक्तिको नेतृत्व
क्षमता राम्रो हुन्छ ।
तर यो भाग अन्य २ भागको तुलनामा सानो छ भने
त्यस्ता ब्यक्ति कमजोर हुन्छन् र यिनीहरुको हिनताबोध
बढी हुन्छ ।
चोर औंलाको बिचको भाग ठूलो हुने
ब्यक्ति अंहकारी हुन्छन् र यस्ता ब्यक्तिले दिएको काम
दक्षतापूर्ण तरिकाले गर्छन् । यिनीहरुको घर र
समाजमा राम्रो स्थान हुन्छ ।
तर यो भाग सानो छ भने त्यसको विपरित कुनै पनि काम
दक्षतापूर्ण रुपमा गर्न सक्दैनन् ।
जुन ब्यक्तिको यो औंलाको तल्लो भाग अन्य
भन्दा ठूलो हुन्छ
यस्ता ब्यक्ति शारीरिकरुपमा बलिया हुन्छन् र बल
देखाउन खोज्छन् ।

No comments:

Post a Comment