एजेन्सी । भारतको उडिसामा होस्टलमा रहेकी एक
छात्राले बच्चा जन्माएपछि दुई जना शिक्षकलाई
गिरफ्तार गरिएको छ ।
छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधानाध्यापक र
होस्टल सुपरिटेन्डेन्टलाई गिरफ्तार गरिएको हो ।
दुवैजनालाई घटनाका बारेमा जानकारी नदिएर
प्रशासनबाट लुकाउन खोजेको आरोप लगाइएको छ ।
सरकारी तवरबाट सञ्चालित उमुरी आश्रम नामको उक्त
विद्यालय आदिवासी जनजातिका बच्चाहरुले पढ्ने
आवसीय स्कुल हो । छात्राले ४
फेब्रुअरीमा बच्चा जन्माएकी थिइन् ।
स्कुलमा उक्त घटना भएपछि ति छात्रालाई समेत एक
जिपमा राखेर उनको गाउँ उप्परकेंडीमा बाबु
आमाको साथमा पठाइएको थियो । प्रारम्भिक
अनुसन्धानपछि प्रहरीले प्रधानाध्यापक कैलाश बर्मा र
होस्टल सुपरीटेन्डेन्ट सबिता गुरुलाई
नियन्त्रणमा लिएको हो ।
जनवरीदेखि यता स्कुलमै छात्राले
बच्चा जन्माएको यो दोस्रो घटना हो । यसअघि २३
जनवरीमा कन्धमाल जिल्लाको लिंगागडामा एक
आवासीय स्कुलमा १० कक्षामा पढ्ने छात्राले होस्टलमै
बच्चा जन्माएकी थिइन् ।
Monday, 9 February 2015
८ कक्षाकी विद्यार्थीले होस्टलमै बच्चा जन्माईन्, हेडसर गिरफ्तार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment