काठमाडौ, माघ २६ - २७
वर्षको अन्तरालपछि सरकारी स्वामित्वको नेपाल
वायु सेवा निगमले अन्तर्राष्ट्रिय
उडानका लागि नयाँ जहाज थपेको छ । ७ अर्ब ४० करोड
७३ लाख रुपैयाँमा खरिद गरेको युरोपको एयर बस
कम्पनीको ए ३२०-२०० सिरिजको जहाज आईतबार
अपरान्ह काठमाडौं आईपुगेको छ ।
निगमको अर्को नयाँ एयर बस दुई देखि तीन
महिना भित्र आइपुग्ने छ ।
यसअघि २०४४ साल अजोजमा निगमले अन्तर्राष्ट्रिय
उडानका लागि अमेरिकी कम्पनी बोइङबाट दुई
वटा जहाज खरिद गरेको थियो । पछिल्लो पटक
आन्तरिक उडानका लागि निगमले ०७१
बैशाखमा चीनबाट ५६ सिटे एमए-६० र कात्तिकमा १८
सिटे वाई-१२ ल्याएको छ ।
१७ असार ०१५ मा स्थापित निगमले २८ सिटे डग्लस-
डीसी-३ डकोटाबाट व्यावसायिक उडान सुरु
गरेको थियो । निगमको फि्लटमा बोइङको प्रवेश भने ६
सेप्टेम्बर १९७२ मा मात्र भएको हो । १ सय २३ सिटे
बोइङ-७२७ बाट निगम जेट युगमा प्रवेश गरेको १५
वर्षपछि १९८७ मा दुईवटा नयाँ बोइङ-७५७
पनि निगमको फि्लटमा थपिए र जेट
विमानको संख्या चार पुग्यो । तर,
त्यसयता अन्तर्राष्ट्रिय उडानका लागि निगमले
नयाँ जहाज भित्र्याउनै सकेन । आन्तरिक उडान गर्ने
जहाज पनि दुर्घटना एवं मर्मत-सम्भारको अभावमा घट्दै
गए । कुनै बेला चारवटा जेट, तीनवटा एभ्रो, १०
वटा टि्वनअटर र तीनवटा पिलाटस पोर्टर गरी २०
वटा जहाजको फि्लट भएको निगमसँग
यतिबेला पाँचवटा मात्र जहाज छन् ।
कहिले कुन जहाज ?
डग्लस डीसी-३ डकोटा
निगमले सन् १९५८ मा यही विमानबाट व्यावसायिक
उडान सुरू गरेको हो ।
टि्वनअटर डीएचसी-६
सन् १९७१ मा भित्रिएको १९ सिटे जहाजले नेपाल
वायुसेवा क्षेत्रमा आमूल परिवर्तन ल्याएको मानिन्छ ।
क्यानडामा निर्मित यी विमानले विकट
पहाडीदेखि सुगम तराईलाई समेत आफ्नो गन्तव्य बनाए ।
फङ सु हार्भेस्टर एन-टु
सन् १९६३ मा निगमको फि्लटमा चीनमा निर्मित
दुईवटा यी जहाजले पहिलोपटक औपचारिक प्रवेश
पाएको हो ।
बोइङ-७२७
यी विमानसँगै निगम जेट युगमा प्रवेश गर्यो । सन् १९७२
मा भित्रिएका १ सय २३ सिटे दुईवटा बोइङ ७२७ ले
काठमाडौँलाई विभिन्न क्षेत्रीय गन्तव्यसँग
जोडेको थियो । सन् १९९३ सम्म यी जेट
सञ्चालनमा थिए ।
पिलाटस पोर्टर-६
स्वीट्जरल्यान्डमा बनेको सिंगल इन्जिन
भएको यो जहाज सन् १९६१ मा भित्रिएको हो । ६ सिटे
यो जहाज सन् १९९८ सम्म
नेपाली आकाशमा उडिरहेको थियो ।
बोइङ-५७५
निगमले सन् १९८७ मा अत्याधुनिक र आकर्षक
दुईवटा बोइङ-७५७ भित्र्यायो । १९० सिटे यी जहाज
बोइङका सबैभन्दा सफल उत्पादन मानिन्छ ।
फोक्कर फ्रेन्डसिप एफ २७
४४ सिटे यो जहाज १९६६ देखि १९७० सम्म
सञ्चालनमा रह्यो । निगमको यो जहाजले
केही अन्तर्राष्ट्रिय गन्तव्यमा पनि उडान
गरेको थियो ।
हकर सिड्ले एचएस-७४८ एभ्रो
निगमले ४४ सिटे यो जहाज सन् १९७०
मा भित्र्याएको थियो । निगमले यसलाई ट्रंक
रूटदेखि माउन्टेन फ्लाइटसम्म प्रयोग गरेको थियो ।
एमए-६०
चीनमा निर्मित ५६ सिटे एमए-६० जहाज वैशाख ०७१
मा काठमाडौँमा अवतरण गरेको हो ।
वाई-१२ ई
चीनमै निर्मित प्राप्त १८ सिटे वाई-१२ ई गत १७
कात्तिकमा नेपाल आइपुग्यो ।
No comments:
Post a Comment