Monday, 9 February 2015

संविधानसभामा ‘बाँदर पसेको’ भन्दै कटवालले गरे राजनीतिक प्रणाली फेर्ने भाषण

पूर्वप्रधानसेनापति रुक्माङ्गत
कटवालले बाँदरे चरित्र बोकेका मानिसहरुले प्रवेश
पाएका कारण
संविधानसभामा बितण्डा माच्चिएको आरोप
लगाएका छन् ।
मंगलबार बुटवल महिला जेसिजको १९ औं पद
हस्तान्तरण तथा दस्थापन कार्यक्रममा उनले
क्षमताविहीन व्यक्तिहरुको प्रवेशले
संविधानसभा बदनाम भएको आरोप लगाए ।
उनले गत १९ पुसमा संविधानसभाभित्र
भएको घटना बाँदरे प्रवृत्तिकै एउटा रुप
भएको टिप्पणी गरे । एमाओवादीसहित
विपक्षी सभासदले
संविधानसभामा गरेको तोडफोडप्रति उनले
कटाक्ष गरे ।
‘संविधानसभामा भाँचिएका कुर्सी र माइक
नेपाली जनताको थोपाथोपा रगतबाट आर्जन
भएको हो’, कटवालले भने, ‘आफ्नै
विर्ता वा दाइजोमा पाएजसरी तपाईंले
तोडफोड गर्न पाउनुहुन्न ।’
कटवालले नेपालको मौलिक धर्म, संस्कृति,
जातजातिका नाममा नेपालीलाई विभाजित
गर्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे ।
कटवालले वर्तमान नेतृत्वबाट मुलुकले पार नपाउने भन्दै
राजनीतिक संरचना र नेतृत्व फेरिनुपर्ने जिकिर गरे

No comments:

Post a Comment