काठमाडौं, माघ २५ । विश्वकै सर्वाधिक धनी क्लव रियाल मड्रिडले गएराति स्पेनिश लिग ला लिगामा बिर्सनयोग्य प्रदर्शन गरेको छ ।
लिगको शीर्ष स्थानको रियालले मड्रिड डर्बी खेलमा एथ्लेटिको मड्रिडसंग उसकै मैदानमा ४-० को फराकिलो हार बेहोरेको हो ।
६४ वर्षको इतिहासमा रियाल मड्रिड छिमेकी मैदानमालगातार तेस्रो पटक पराजित भएको छ ।
पोर्चुगिच विङ्गर क्रिष्टियानो रोनाल्डो निलम्बनपछि मैदानमा फर्किएको खेलमै रियाल मड्रिडले बेहोरेको हारको विश्वभरनै आलोचना भएको छ ।
पराजित नै भए पनि रियाल मड्रिड २२ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा कायमै छ । एक खेल कम खेलेको बार्सिलोनाको ५० अंक छ ।
आज राति बार्साले एथ्लेटिको बिलबाओसंग खेल्दैछ । आजै गेटाफेले सेभियासंग तथा स्पानियोलले भ्यालेन्सियासंग खेल्दैछ ।
No comments:
Post a Comment