Tuesday, 3 February 2015

अराजक बन्दै प्रचण्ड, घुमाउरो शैलीमा वाइसिएललाई टाउको फोड्न आदेश दिए

एमाओवादीका अध्यक्ष प्रचण्डले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि अस्विकार गरेको रहस्य खुलाएका छन् । केन्द्रीय कार्यालय पेरीसडाँडामा युवा संगठन वाईसीएललाई सम्बोधन गर्दै मंगलबार अध्यक्ष प्रचण्डले कार्यकारी प्रधानमन्त्री हुदाँ त आफुले सोचेजस्तो गर्न नसकिएकोले संवैधानिक राष्ट्रपति हुनुको कुनै अर्थ नहुँने भन्दै अस्विकार गरेको प्रस्ट्याए ।

प्रचण्डले अहिले सम्म सत्तासाझेदार काँग्रेस एमालेसँग आफुले उधारो सम्झौता गरेपनि अब नगद बाहेक अन्य कुरामा सम्झौता नर्गने समेत उनले जनाएका छन् । अध्यक्ष प्रचण्डले आफूले विगतमा उदारता र लचकता देखाउॅदा गल्ती भएको र अब त्यही गल्तीबाट पाठ सिकेर अघि बढ्ने बताए ।

सत्तासाझेदारले आफ्नो सोझो पनाको फाइदा उठाइरहेकाले अब आफु अत्यन्तै कठोर बनेको बताए । मंगलबार सत्तासाझेदारका विरुद्धमा आन्दोलनको रणनीति तयार गर्न पेरिसडाँडामा बोलाइएको बैठकमा बोल्दै उनले अब पनि आन्दोलनमा नजाने हो भने प्राप्त उपलब्धी सबै गुम्ने भन्दै आन्दोलनमा टाउको फोड्न तयार हुन वाइसीयललाई निर्देशन दिए ।

प्रचण्डले भने हाम्रो टाउको फोड्ने काम भइसकेको छ। तपाईहरू पनि टाउको फोड्न तयार हुनुस् । म आन्दोलनमा हिडिसके। तपाईहरु पनि हिडनुस। वाइसीयललाई टाउको फोड्ने आदेश दिँदै प्रचण्डले भने तपाइहरु टाउको फोड्नुहा्स् परेको म बेर्होछु ।

No comments:

Post a Comment