दुबाईले गगनचुम्बी भवन र रात्रीकालिन
जीवनका कारण धेरैलाई आकर्षित गरेको छ । तर,
यहाँ पनि यस्ता कयौं अनौठा नियमहरु छन् जसलाई
पालना गर्नुपर्ने बाध्यता छ । यस्तै केही रोचक कुराहरु
यहाँ प्रस्तुत गरिएको छः
विवाहअघि सेक्स प्रतिबन्ध
दुबईमा विवाहभन्दा अघि सेक्स गर्नुलाई अवैद्य
मानिन्छ । यदी विवाह अघि सेक्स गर्दा पक्राउ
पर्नुभयो भने तपार्ईंलाई जेलको साथै निर्वासित
पनि गर्न सकिन्छ । यद्यपि, बन्द कोठाभित्र के हुन्छ भन्ने
बारेमा सरकारलाई त्यति वास्ता नभए पनि ।
विवाहअघि खुलेआम हात पक्डेर हिनेको वा किस खाँदे
गरेको भेटिएमा जेल सजाय हुनसक्छ ।
अपराध शुन्य प्रतिशत
ठूला सहरमा अपराधका घटनाहरु धेरै हुन्छ । तर दुबईमा भने
अपराध लगभग शुन्य प्रतिशत छ ।
त्यहाँ रहेको कडा कानुनले गर्दा अपराध कम
भएको बताइन्छ । त्यहाँको प्रहरीसँग
पेट्रोलिङका लागि फरारी गाडी समेत रहेको छ ।
विश्वको सबैभन्दा अग्लो भवन
विश्वको सबैभन्दा अग्लो भवन बुर्ज
खालिफाको लागि चर्चित रहेको दुबई
विश्वमा सबैभन्दा चाँडो फैलिरहेको सहर हो ।
विश्वमा भएका क्रेनहरु मध्ये २० प्रतिशत दुबईमा रहेको छ
। सन् २००९ त्यहाँ मेट्रो शुरु गर्दा ४२ वटा स्टेसन मात्र १८
महिनामा तयार गरिएको थियो ।
त्यहाँ समुद्रमा मानव निर्मित पाम टापु समेत तयार
गरिएको छ ।
कर्जा दिइँदैन
दुबईमा कसैलाई कर्जा नदिने प्रावधान रहेको छ ।
No comments:
Post a Comment