एजेन्सी । संसारकै शक्तिशाली राष्ट्र अमेरिका र
साउदी अरब एक अर्काबीच घनिष्ट सम्बन्ध
भएका साझेदार मुलुक हुन् ।
अरब राष्ट्रहरुमा अमेरिकाले गर्ने हरेक
हस्तक्षेपहरुलाई पनि आँखा चिम्लिएर स्वागत गर्ने
साउदी अरबले भर्खरै भएको राष्ट्रपति बाराक
ओबामा र प्रथम महिला मिशेलमाथि भने
अपमानित महसुस गराउने काम
गरेको खुलासा भएको छ ।
केही दिनअघिमात्र साउदी अरबका दिबंगत
राजा अब्दुल्लाहको निधनमा शोक प्रकट गर्न
साउदी पुगेका ओबामा दम्पति रियादस्थित
विमानस्थलमा उत्रिएपछि निराश बनेका थिए ।
स्वागतका लागि गएका नयाँ किङ सलमानले
ओबामा दम्पत्तिलाई रातो कार्पेटमा एक्लै
छोडेर हिडेका थिए ।
राष्ट्रपति ओबामा एयरफोर्स वनबाट किङ
खालिद इन्टरनेशनल
एयरपोर्टमा पुग्दा स्वागतका लागि नयाँ राजा सहित
केही अधिकारीहरु पुगेका थिए ।
तर नयाँ राजा नमाजको समय भन्दै सबै प्रोटोकल
भुलेर ओबामा दम्पत्तिलाई छोडेर हिँडेका थिए ।
ओबामा २७ जनवरीमा साउदी अरब गएका थिए ।
Tuesday, 3 February 2015
अमेरिकी राष्ट्रपति ओबामालाई साउदीमा यस्तो अपमान !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment