सिड्नी, माघ १९ – एक अष्ट्रेलियाली किसानले ७४३
किलोको फर्सी उत्पादन गरी नयाँ रेकर्ड कायम
गरेका छन् ।
यो फर्सी अष्ट्रेलिया र
न्युजिल्याण्डको अहिलेसम्मको सबैभन्दा ठूलो तौलको रहेक
। सो फर्सीको तौल ७४३
किलोग्रामको भएको कृषिसम्बन्धी कार्यालयले
पुष्टि गरेको छ ।
उत्तरी न्यु साउथ वल्स
भएको फर्सी प्रतियोगितामा ७४३
किलोग्रामको फर्सी उत्पादन गरी डाले ओलिभेरले
सो प्रतियोगितामा विजय हासिल गरेको छ ।
अस्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटमा आयोजित
कृषि मेलामा ल्याइएका फर्सीमध्ये
सो फर्सी सबैभन्दा ठूलो भई पुरस्कृत भएको हो ।
सो क्षेत्रका एकजना किसान ओलिभेरले
बढी किलोग्रामको फर्सी उत्पादन गरी राष्ट्रकै एक
प्रमुख उत्पादनकर्ताको पुरस्कार प्राप्त गरेका छन् ।
उनले यसअघि सन् २०१३ का ५४७
किलोग्रामको फर्सीको रेकर्डलाई तोडेर ६१९
किलोको फर्सी उत्पादन गरी रेकर्ड कायम गर्न सफल
भएका थिए ।
ओलिभरका अनुसार उनले यो फर्सी करिब ८०
दिनमा उत्पादन गरेका थिए ।
गिनीज बुक अफ बल्र्ड रेकर्डमा भने एक हजार ५४
किलोग्रामको फर्सीको संसारको सबैभन्दा ठूलो फर्सीक
।
संसारको सबैभन्दा ठूलो सो फर्सी स्वीजरल्याण्डका बेनी मैएरले
उत्पादन गरेका हुन् ।
Tuesday, 3 February 2015
अष्ट्रेलियामा फल्यो ७४३ किलोको फर्सी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment