Sunday, 8 February 2015

नेपालमा अवैध रुपमा सुरुङ खन्दै किम जोन उनका पूर्वसैनिक ।

नेपाल घुम्न झन्डै २० दिनअघि काठमाडौं आइपुगेका ५४ उत्तर कोरियाली सिन्धुपाल्चोकमा सुरुङ टनेल खन्दै गरेको अवस्थामा भेटिएका हुन् ।

ती उत्तर कोरियालीले हाइड्रो पावर कम्पनीका लागि सुरुङ खन्ने जिम्मेवारी लिएका ठेकेदारका श्रमिक भएर काम गरिरहेका छन् । यीमध्ये अधिकांश उत्तर कोरियाली अवकाशप्राप्त सैनिक रहेको स्रोतको दाबी गरेको छ। उत्तर कोरियामा रहेको ‘नाम नाम कम्पनी’ ले ती कामदारहरूलाई सुरुङ खन्न नेपाल पठाएको जनाएको छ ।

पर्यटक भिसामा आएका ५४ उत्तर कोरियालीले कानुनविपरीत सिन्धुपाल्चोकको एक हाइड्रो पावर कम्पनीमा काम गरेकोबारे सरकार बेखबर छ। नेपाल प्रवेशका लागि उनीहरूले पर्यटक भिसा लिएका छन्। पर्यटक भिसामा आएर कुनै पनि विदेशीले काम गर्नु अध्यागमन कानुनविपरीत हो। उनीहरूले विस्फोटक पदार्थ पड्काएर सुरुङ खन्ने जि मेवारी समालिरहेका छन्।

तीन महिनाको पर्यटक भिसामा नेपाल आएका उनीहरू केही दिन काठमाडौं बसाइपछि उक्त हाइड्रो पावर कम्पनीको सुरुङ खन्न सिन्धुपाल्चोक गएका हुन्। उनीहरूले सुरक्षा सावधानी नअपनाई सुरुङ खन्ने काममा संलग्न भएको पनि स्रोतले बताएको छ। यस्तै जोखिमपूर्ण काम गर्दा मलेसियामा गत वर्ष चार उत्तर कोरियालीको ज्यान गएको थियो। घुम्न नेपाल आएको उत्तर कोरियाली पूर्वसैनिकहरूको हूल विस्फोटक पदार्थ पड्काएर सुरुङ खन्न व्यस्त हुँदा सरकारलाई पत्तै छैन।

ती उत्तर कोरियाली करिब एक महिनाअघि नेपाल आएका थिए। नाम नाम कम्पनीले नेपालको स्थानीय एक कम्पनीसँग सुरुङ खन्ने सम्झौता गरेबमोजिम ती उत्तर कोरियालीहरू सिन्धुपाल्चोक पुगेका हुन्। विमानस्थल अध्यागमन कार्यालयले उत्तर कोरियालीहरू तीनमहिने पर्यटक भिसामा नेपाल आएको पुष्टि गरेको छ।

No comments:

Post a Comment