नयाँ दिल्ली– उपचार गराउन परिवार सदस्य
सहित भारतको हरियाणा पुगेकी २८ वर्षीय
नेपाली युवतीको हरियाणाको रोहतकमा बलात्कारपछि हत्या भएको छ।
४ फेब्रुअरीमा फेला परेको शव
नेपाली युवतीको रहेको पुष्टि गर्दै
अनुसन्धानमा संलग्न प्रहरीले सो अभियोगमा ८
जनालाई पक्राउ गरेको जनाएको छ।
हरियाणा प्रहरीका महानिरीक्षक अलोक
रायका अनुसार
बलात्कारपछि हत्या अभियोगमा ८ जनालाई
पक्राउ परेका हुन्। ८ जनामध्ये कोही पसले छन् भने
कोही पेन्टर र कार्पेन्टर रहेका छन्।
हरियाणा प्रहरीका डिआइजी वाइपी सिङ्घलले
पत्रकार सम्मेलन गर्दै सोमबार सबै अभियुक्तले
आफ्नो अपराध स्वीकार गरेको जानकारी दिए।
४
फेब्रुअरीमा हरियाणाको रोहतकमा युवतीको बेवारिसे
शव फेला परेको थियो।
युवतकी शरीरमा ढुंगा लगायतका चिज
गाडिएको पाइएको थियो। ती युवतीको नाम
प्रहरीले सार्वजनिक गरेको छैन।
नेपालकी ती युवती दिदीका साथमा उपचार
गराउन रोहतक बस्दै आएको प्रहरी अनुसन्धानले
देखाएको छ। १
फेब्रुअरीमा ती युवती बेपत्ता भएको उजुरी प्रहरीमा परेको थियो।
युवती बलात्कारपछि हत्या भएपछि रोहतकमा स्थानीयले
प्रदर्शन समेत गरेका थिए।
Monday, 9 February 2015
भारतमा नेपाली युवतीको बलात्कारपछि हत्या, ८ अभियुक्त पक्राउ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment