Saturday, 21 February 2015

वीर अस्पतालका १० प्रतिशत उपकरण मात्र प्रयोगमा

काठमाडौं, फागुन ९ –
सरकारी अस्पताललगायत विभिन्न नीजि अस्पतालका मेसिन तथा प्रविधि प्रभावकारी छैनन् । भएका मेसिन तथा प्रविधिहरु पनि बिग्रिएर काम गर्न छाडेका कारण बिरामीहरु समेत प्रभावित भएको समाचारहरु बाहिर आइरहेका छन् । अस्पतालहरुमा नयाँ – नयाँ मेसिन तथा प्रविधिहरु भित्र्याइए पनि त्यसलाई मर्मत गर्ने कर्मचारी अस्पतालले नियुक्त गरेको हुँदैन । अर्थात् त्यसको दरवन्दी नै छैन । त्यसले गर्दा बिग्रेका मेसिनहरु थन्केका हुन्छन् या बिग्रेकै अवस्थामा सञ्चालनमा आइरहेका हुन्छन् ।
 एक सरकारी तथ्यांक अनुसार वीर अस्पतालमा मात्र भएका उपकरणमध्ये १० प्रतिशत मात्र उपयोग गर्ने अवस्थामा छन् भने जिल्ला तथा क्षेत्रीय अस्पतालहरुको त अवस्था झन् दयनीय देखिएको छ । जिल्ला तथा अञ्चल अस्पतालमा ३९ प्रतिशत भन्दा कम उपकरणहरु मात्र उपयोगमा देखिन्छ । बिग्रिएर रहेका ती उपकरण तथा मेसिनहरु समान्य मर्मतबाट नै सञ्चालनमा आउनसक्छन् तर मर्मत गर्ने कर्मचारी नभएको कारण त्यतिकै थन्किएर बसेका छन् । यो कुरालाई ध्यानमा राख्दै सरकारीस्तरबाट नै उपकरण प्राविधिक मर्मत सम्बन्धी १८ महिने तालिम कक्षा सञ्चालन हुने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले निक सिमोन्स इन्स्टिच्युटको प्राविधिक तथा आर्थिक सहयोगमा १८ महिने बायोमेडिकल इक्युपमेण्ट इन्जिनियरिङ डिप्लोमा कोर्ष सुरु गरेको छ ।
सिटिइभिटीको सम्बन्धनमा सुरु हुने डिप्लोमा कोर्ष गरिसकेपछि उत्पादित जनशक्तीले उपकरण मर्मत, जडान तथा रेखदेख तथा हेरचाह गर्नु टेक्निसियनको रुपमा काम गर्नेछ । प्राविधिकले पुरानो र नयाँ उपकरणबारे जानकारी राख्नु र आवश्यकता अनुसार नयाँ उपकरण खरिदका लागि आवश्यक सुझाव दिने गर्दछन् । उपकरण प्राविधिकको उत्पादन पश्चात् यो अवस्थामा सुधार आई स्वास्थ्य सेवा प्रभावकारी हुनुका साथै राज्यकोषको रकम समेत बच्ने देखिन्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete