Tuesday, 3 February 2015

अश्लिल सामग्री धेरै हेर्ने व्यक्तिलाई हुन्छ विवाहसँग घृणा

हेडलाइन पढेर तपाईंले पक्कै
सोचिरहनुभएको होला कि हामी के भन्दै छौँ तर यो भनाई
हाम्रो नभई एउटा नयाँ अनुसन्धानको हो । जनरल सोसल
सर्भेको रिपोर्टका अनुसार जो मानिस पोर्न फिल्म बढि हेर्ने गर्दछन्
उनीहरुलाई विवाह गर्न मन लाग्दैन ।
अमेरिकामा आधा जनसंख्याको विवाह नहुनुको पछाडिको कारण
यहि भएको बताइएको छ । यो सोध अमेरिकाको युनिभर्सिटी अफ
वेस्ट चेस्टरको शोध समूहले १५०० व्यक्तिहरुमाथि गरेको हो । उक्त
अनुसन्धानको नतिजा अनुसार जो मानिसहरु इन्टरनेटमा पोर्न र अश्लिल फिल्म
वा सामग्री पढ्ने अथवा हेर्ने गर्दछन्
उनीहरुको मन विवाहप्रति निरश हुने गर्दछ ।
यसको पछाडिको कारण अझ बढि अचम्मित बनाउने छ । पोर्न फिल्ममा लत
बसेका मानिसहरु एक जीवन साथीमा भरोसा नगर्ने
हुँदा उनीहरु विवाह बन्धनमा बाँधिन नचाहने उक्त शोधले
निष्कर्ष निकालेको छ । उनीहरुका लागि एक व्यक्तिसँग
जीवन काट्नु पट्यारलाग्दो हुने गर्दछ ।
शोधका अनुसार, युवाहरुमा अश्लिलता र पोर्न फिल्म यौन सन्तुष्टिको एक
साधनको रुपमा हेरिने गरेको छ । यो अनुसन्धान जर्मनीको एक
पत्रिका ‘द इन्सटिच्युट फर द स्टडी अफ लेबर (आइजेडए)
मा प्रकाशित भएको छ।

No comments:

Post a Comment