Saturday, 7 February 2015

यस्ता पनि साथी ! अपहरणको नाटक गरी आफ्नै साथीको अपहरण।।

झापा, २४ माघ । अपहरणको नाटक गरी आफ्नै
साथीलाई अपहरण गर्ने एक युवकलाई
प्रहरीले पक्राउ गरेको छ । गत माघ १८ गते संगै
व्यवसाय गर्दै सुनिलकुमार विन्दललाई फकाएर बजरंग
पन्सारीले अज्ञात समुहबाट अपहरण गराएका थिए ।
माघ १८
गतेदेखि अपहरणमा परेका बिर्तामोडका अलैँची व्यवसायी सुनिलकुमार
विन्दललाई प्रहरीले ५ दिपछि अपहरणमुक्त गरेको छ ।
प्रहरीको विशेष सुराकीबाट घटनाबारे
जानकारी पाएपछि अञ्चल प्रहरी कार्यालय
मेची, जिल्ला प्रहरी कार्यालय झापा र
क्षेत्रीय प्रहरी कर्यालय
विराटनगरको संयुक्त टोलीले अपरणमा परेका विन्दललाई
सकुशल अपहरण मुक्त गराएको हो ।
गत आइतबार मेची नगरपालिका–१० काँकरभिट्टाबाट
साँझदेखि सम्पर्कविहीन भएका विन्दललाई
प्रहरीले धरमपुर–५ स्थित हर्क
कन्दङ्वाको घरमा फेला पारेको हो ।
विन्दलको अपहरणमा उनीसँगै
अपरणमा परेका भनिएका बजरंग पन्सारी विन्दल अपहरण
प्रकरणको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ ।
अपहरण गर्ने मेचीनगरपालिका–१०
का पन्सारीसँगै प्रहरीले बिर्तामोड–७
विर्ताबजारका केशव फुँयाल, कोक्राझार
जिल्ला अडियाबारी आसामका राजकुमार थापा, चिराङ आसाम
भारतका फौद तामाङ र झापा धरमपुर–३ पारावारीका भुवन
कार्कीलाई पक्राउ गरेको छ ।
सादा पोशाकमा खटिएका प्रहरीको दुई वटा टोलीले
विन्दललाई मुक्त गराउने
क्रममा अपहरणकारीबीच
भएको भिडन्तमा सहायक प्रहरी निरीक्षक
र अपहरणकारी फौद तामाङ घाइते भएका छन् ।
घटनास्थलमा ७ राउण्ड गोली समेत चलेको थियो ।
उनीहरुको उपचार बिर्तामोडमा भइरहेको छ ।
अपहरणकारी समूह
भारतको आतङ्कवादी संगठनसँग तालमेल गर्दै
नेपालमा दशकौदेखि यस्ता कार्यमा संलग्न
भएको प्रहरीको अनुमान छ ।
ठुलाठुला व्यापारीलाई अपहरण गर्ने र
फिरौती लिँदै छोड्ने यस समूहले हत्या गर्ने
नगरेको स्रोतले जनाएको छ । उनीहरुको साथबाट
प्रहरीले पाँच थान मोबाइल, दुईनाल पेस्तोल, बरामद गरेको छ

प्रहरीले
अनुसन्धानमा अनुभवी प्रहरी,
अनुसन्धानकर्ता र वैज्ञानिक स्रोत र साधनको प्रयोग
गरी अपहरणकारीलाई पक्राउ गर्न सफल
भएको हो । नेपाल प्रहरी र भारतीय
प्रहरीका विभिन्न ईकाइसँग समेत समन्वय
गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार
सम्मेलन गर्दै घटनाबारे जानकारी गराइएको थियो ।
अपहरणकारी पक्राउ गर्न प्रहरी सफल
भएपछि व्यवसायी र
स्थानीयबासीले नेपाल
प्रहरी जिन्दावाद भन्दै नारा समेत लगाएका थिए ।

No comments:

Post a Comment