Saturday, 7 February 2015

वाग्मती नदी क्षेत्रबाट ५० मेट्रिक टन फोहर

वाग्मती नदी सफाइ महाअभियानको ९१औँ
हप्तामा आज कुलेश्वर नदी आसपास क्षेत्रबाट ५०
मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
गत वर्ष जेठ ४ गतेबाट सुरु
भएको सो महाअभियानअन्तर्गत स्थानीय फलफूल
बजार आसपासबाट सो परिमाणमा फोहर
निकालिएको हो ।
वाग्मती नदीलाई पहिलेकै अवस्थामा फर्काउने
उद्देश्यले १०० हप्तासम्म सफाइ गर्न महाअभियान सुरु
गरिएको सो महाअभियानको नेतृत्व मुख्यसचिव
लीलामणि पौड्यालले गर्दै आउनुभएको छ ।
सो कार्यक्रममा निजामती सेवाका कर्मचारी,
काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल
प्रहरी, सशस्त्र प्रहरी, विभिन्न
सङ्घसंस्था तथा विद्यालयका विद्यार्थीलगायतको सहभागिता थियो ।
कार्यक्रममा मुख्य सचिव पौड्यालले
सो महाअभियानमा जुटेका सबै तह
तथा क्षेत्रको सहयोगले कार्यक्रम सफल भएको भन्दै
आगामी हप्ता पशुपति आर्यघाट तथा राममन्दिर
क्षेत्रमा सफाइ गरिने जानकारी दिनुभयो ।
वातावरणविद् एवम् अभियन्ता अल्का लम्सालले त्यस
क्षेत्रमा महानगरपालिकाले लामो समयदेखि फोहर
व्यवस्थापन गरेकाले सो स्थान फोहरको डुङ्गुरले पहाड
बनेको भए पनि करिब छ हप्तादेखिको निरन्तर
प्रयासले अहिले समथर र
सफा भएको हुँदा त्यहा विभिन्न बिरुवा रोपेर
स्वच्छता र हरियाली कायम गर्नुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment