Monday, 9 February 2015

स्विस बैंकमा आठ नेपालीको पाँच अर्ब ४० करोड कालोधन।

काठमाडौं : नेपालबाट कर छलेर, भ्रष्टाचारजन्य एवं
विभिन्न अपराधिक कृयाकलापबाट कमाएको पाँच अर्ब
४० करोड रुपैयाँ स्विस
बैकमा लुकाइएको खुलासा भएको छ।
अन्तर्राष्ट्रिय पत्रकारको संस्था आइएफजेले
खुलासा गरेको प्रतिवेदन अनुसार आठजना नेपालीले
स्विजरल्यान्डको एचएसबिसि बैकमा पॉंच अर्ब ४० करोड
लुकाएका हुन्। कालो धन स्विस बैकमा लुकाउने
मुलुकको सुचिमा नेपाल एक सय १६औं
स्थानमा रहेको पनि प्रतिवेदनले जनाएको छ।
(i)
प्रतिवेदनले ३६बटा बैकखातामा पाँच अर्ब ४० करोड
कालोधन थुपारिएको मध्ये एउटै ग्राहकको चार अर्ब ५०
करोड तथा बाँकी ९० करोड
सातजनाको रहेको खुलाएको छ।
२०४६सालदेखि २०६२सालसम्ममा कालोधन
थुपारिएको भएतापनि कालो धन थुपार्ने
नेपालीको नाम खुलाइएको छैन।
स्विस बैकको गोपनीयता संसारमा नै प्रख्यात भएकोले
कालोधन लुकाउने संसराभरका करछल्ने तथा हतियार
ब्यापारी एवं अबैध धन लुकाउनेहरुको लागी सुरक्षित
मानिएको स्विस बैकबाट कम्प्युटर एक्सपर्ट हर्भे
फाल्सियानीलाले सुचना चुहाएका हुन्। सात
वर्षअघि फाल्सियानीलाई स्विस प्रहरीले
बैकको विवरण
चोरेको शंकामा नियन्त्रणमा लिएको थियो। तर
उनी भोलिपल्ट हाजिर हुने शर्तमा स्विस प्रहरीबाट
फुत्केर पत्नी र छोरी सहित फ्रान्स भागे। फ्रान्समै बसेर
उनले स्विजरल्यान्डस्थित एचएसबिसि बैकका तथ्यांकहरु
पत्ता लगाएका थिए।
बेलायत स्थित एचएसबिसि बैकको केन्द्रिय कार्यालयले
भने आफनो स्विजरल्यान्डको शाखाले
बैकका ग्राहकहरुको गोप्य सुचना जोगाउन नसक्नु
आफनो कमजोरी भएको स्विकारेको छ।
फाल्सियानीलाले प्राप्त गरेको गोप्य
सुचनाको आधारमा इन्टरनेसनल कन्सोर्टियम अफ
इन्भेष्टिगेटिभ जर्नलिष्ट (आइसिआइजे)ले कालोधन थुपार्ने
एक लाख ग्राहकको सुचि 'स्विस लिक्स' प्रकासित
गरेको छ। सुचिअनुसार स्विस बैकमा सबैभन्दा धेरै
कालोधन थुपार्ने मुलुकमा ग्राहकको संख्या एवं रकम
दुबैको आधारमा स्विजरल्यान्ड नै पहिलो रहेको छ।
संसरका ४५ देशका पत्रकारले गरेको अनुसन्धानले स्विस
बैकमा कालोधन थुपार्नेमध्ये कतिपय पुर्व एवं
अहिलेका राजनीतिज्ञ पनि रहेका छन्।

दक्षिण एसियाली मुलुक को स्थान तथा रकम

भारत - १६ - ४.१ अर्ब अमेरिकी डलर

पाकिस्तान - ४८ - ५५९.७ मिलियन अमेरिकी डलर

श्रीलंका - ११२ - ५८.३ मिलियन अमेरिकी डलर

नेपाल - ११६ - ५४ मिलियन अमेरिकी डलर

बंगलादेश - १४८ - १३ मिलियन अमेरिकी डलर

अफगानिस्तान - १६९ - ३ मिलियन अमेरिकी डलर

(श्रोत: आइसिआइजे)

No comments:

Post a Comment