माघ २५, काठमाडौं ।
सुनचाँदी र विदेशी मुद्राको अबैध कारोबार गरेको अभियोगमा प्रहरीले राजधानीबाट आज ५ जना ब्यवसायीलाई झन्डै ५ करोड रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना भारतीय नागरिक छन् ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले काठमाडौंको न्यूरोड स्थित बालाजी एण्ड सन्सका संचालक भारतीय नागरिक बालु जगन्नाथ धाङगे, वौद्धस्थित मामन स्टोर्सका सञ्चालक भारतीय नागरिक नरेश अग्रवाल, न्यूराडकै द युनाइटेड गोल्ड मार्कका संचालक आकाश कुमार वज्राचार्य, संगम ज्वेलर्स बांगेमुडाका संचालक भक्तपुरका रमेश खड्का र मोरङ घर भइ काठमाडौंमा सुनचाँदी ब्यवसाय गर्दै आएका शिबराज श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरुले गैरकानुनी रुपले भन्सार छलि सुनचाँदी र विदेशी मुद्राको कारोबार गर्ने गरेको एसएसपी पुस्कर कार्कीले बताउनुभयो । उनीहरुको साथबाट प्रहरीले अबैध रुपमा राखेको ५ किलो सुन, ५४ किलो चाँदी र ४ करोड ६४ लाख रुपैयाँका साथै केही भारतीय र चिनियाँ युआन समेत बरामद गरेको छ ।
बरामद भएको रकमको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई थप अनुसन्धान र कारवाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा बुझाईको एसएसपी कार्कीले बताउनुभयो । नेपालमा गैरकानुनी रुपले भन्सार छलि सुनचाँदी र विदेशी मुद्राको कारोबार गर्नेको सञ्जाल निकै ठूलो रहेको भन्दै कार्कीले त्यसलाइ चाँडै भत्काउने दाबी गर्नुभयो ।
No comments:
Post a Comment