Thursday, 26 February 2015

रूसले नेपाललाई भन्यो : ५७ वर्षअघि दिएको ११ लाख ६० हजार डलर ऋण तिर

काठमाडौ, १४ फागुन : सोभियत संघ रूसले
नेपाल सरकारसँग आफूले दिएको ११ लाख ६० हजार
डलर ऋण तिर्न आग्रह गरेको छ । रूसले यसरी किन
यति सानो रकम माग्यो भन्नेबारे
केही खुलाएको छैन् । नेपाललाई ५७
वर्षअघि दिएको ऋण माग्नुलाई निकै
अनौठो मानिएको छ ।
तर, रूसको अहिले आर्थिक अवस्था निकै
खस्किएको कारण उक्त ऋण फिर्ता मागेको अनुमान
गरिएको छ । रूसको आर्थिक अवस्था निकै
खस्किएपछि उसले पहिला अन्य देशहरूलाई
दिइएका ऋण रकमहरू मागेर देश चलाइरहेको बिजनेस
इनसाइडर डट कमले जनाएको छ ।
नेपाल र रूसबीच सम्बन्धको सुरूवात सन् १९५६
भएको थियो । नेपालको रूससँग सम्बन्धको सुरूवात
भएको तीन वर्ष अघि नै अमेरिकाले
नेपालमा दुतावास खोलेको थियो ।
सन् १९५८ जुनमा राजा महेन्द्र शाहले स्विकार गरेर
लिइएको उक्त ऋण अहिलेका बित्तीय मन्त्रीले तिर्न
आग्रह गरेका हुन् ।
रूसले किन यसरी ऋण फिर्ता माग्यो भन्नेमा अझै
पनि प्रष्ट थाहा भएको छैन् । रूस नेपालभन्दा निकै
धनी छ । सन् २०१३ का अनुसार
रूसको प्रतिव्यक्ति आय १४ हजार ६ सय डलर
थियो भने नेपालको मात्र करिब ७ सय डलर थियो ।
रूसले आफ्ना ऋणीहरूसँग यसरी पैसा माग्नुलाई
रूसको आर्थिक अवस्था निकै कमजोर भएको र
ऋणीहरूबाट ऋण चुक्ता गर्न माग गर्दै देशको अर्थतन्त्र
चलाउन थालेको हुन सक्ने अनुमान गरिएको छ ।
रूसको आर्थिक संकट पेट्रिलियम
पदार्थको मूल्यमा आएको ह्रासका कारण हुन सक्ने
बताइएको छ । पछिल्लो समय निकै कम
भएको पेट्रिलियम पदार्थको मूल्यका कारण रूस
एकाएक आर्थिक संकटमा फसेको बताइएको छ ।
यो महिनाको सुरूवातमा पनि रूसका राष्ट्रपति
भ्लादिमिर पुटिनले युक्रेनसँग ऋण चुक्ता गर्न आग्रह
गर्दै रूसलाई आफ्नो आर्थिक संकट
टार्नका लागि पैसाको आवश्यकता रहेको बताएका
थिए ।

स्वाइन फ्लू : रोग कम डर बढी ।

काठमाडौं- यतिबेला देशका विभिन्न जिल्लामा स्वाइन फ्लू भनेर चिनिने रोग इन्फ्लूएन्जा ए पोजेटिभ भाइरस (एच १ एन १)का बिरामी देखिन थालेपछि नेपालीलाई यो रोगको डरले सताउन थालेको छ।

हरेक दिन स्वाइन फ्लूका नयाँ बिरामी भेटिएको खबर बाहिर आइरहँदा आम नागरिकमा स्वाइन फ्लूको डर झन् फैलिँदै गइरहेको छ। तर चिकित्सकहरूले यसलाई सामान्य रुघाखोकी भएकाले आत्तिनुनपर्ने बताइरहेका छन्। स्वाइन फ्लूको बारेमा पर्याप्त जानकारी दिन नसक्दा आम नागरिकहरूमा यो कुनै ठूलै रोग हो कि भन्ने भ्रम रहेको चिकित्सकहरूको भनाइ रहेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीका अनुसार सामान्य रुघाखोकी, घाँटी दुख्दा र उच्च ज्वरो आउ"दैमा स्वाइन फ्लू हुने होइन। उनले स्वाइन फ्लू पनि अन्य मौसमी रुघाखोकीजस्तै सामान्य समस्या भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए।

'सामान्य रुघाखोकी भइसक्दा पनि स्वाइन फ्लू मानिसहरूमा रोग भन्दा पनि बढी डर भएको छ,' उनले भने, 'यो अन्य साधारण रुघाखोकीभन्दा फरक छैन। तर, मानिसहरूमा रहेको फियर फ्लू (डरको त्रास)ले यसलाई ठूलै रोग हो भन्ने भ्रम रहेको छ।' उनले अन्य रुघाखोकीको समस्यामा जस्तै यसमा पनि झोल खानेकुरा खाएर एक हप्ता आराम गर्ने हो भने आफैँ निको भएर जाने बताए।

विश्व स्वास्थ्य संगठनले पनि यसलाई सामान्य मौसमी रुघाखोकीका रूपमा सन् २०१० मै प्रमाणित गरेपछि यसको नामै परिवर्तन भएर एच वान एन वान भाइरसको संक्रमणबाट सर्ने सरुवा रोग भएको हो। मौसम परिवर्तन सुरु भएलगत्तै मानिसलाई रुघाखोकी लाग्ने तथा ज्वरो आउने समस्या आमरूपमा देखिने गरेको छ। तर, यही समयमा उपत्यकालगायत देशका अन्य स्थानमा पनि मौसमी रुघाखोकीकै जस्तो लक्षण भएको स्वाइन फ्लू संक्रमण पनि देखिएपछि मानिसहरूमा ठूलै डर फैलिरहेको छ।

डा. मरासिनीका अनुसार पछिल्ला केही दिनयता स्वाइनफ्लूको संक्रमण भएका खबर बाहिरीएपछि प्रयोगशाला तथा अस्पतालहरूमा स्वाइन फ्लूको आशंकामा परीक्षण र उपचारका लागि जाने क्रम बढिरहेको छ। 'यो सबै मानिसहरूमा रहेको डरको कारणले नै हो,' उनले भने, 'साधारण रुघाखोकी भएकाले यसलाई डरलाग्दो रोगका रूपमा लिनुपर्ने अवस्था छैन। यो जुनसुकै ठाउँमा सर्ने गर्छ, तर यसको प्रभाव भने निकै कम हुने गरेको छ।' उनका अनुसार विश्व स्वास्थ्य संगठनले यसलाई सामान्य मौसमी रुघाखोकीका रूपमा प्रमाणित गरिसकेकाले चिकित्सकहरूले पनि साधारण रुघाखोकीको जस्तै यसमा पनि आराम र अरूलाई सार्न नदिन मास्क लगाउन, भीडभाडमा नजान र घरमै आराम गर्न सुझाव दिँदै आइरहेका छन्।

उनले आम नागरिकसँगै अझै पनि धेरै स्वास्थ्यकर्मीमा स्वाइन फ्लूका बारेमा अन्योल र त्रास रहेको भन्दै सचेतना जरुरी रहेको बताए। उनले गम्भीर प्रकृतिका लक्षण देखिए वा केही दीर्घरोग छ भनेमात्र अस्पताल जानुपर्ने, होइन भने आरामकै भरमा यो समस्या समाधान हुने बताए।

चिकित्सकहरूका अनुसार पान्डमिक इन्फ्लूएन्जा एच वान एन वान रोगले ९९ प्रतिशत मानिसमा मन्द प्रकृतिको रुघाखोकी र एक प्रतिशतमा मात्रै गम्भीर असर गर्छ। रोगीको सम्पर्कमा आएका प्रत्येक तीनजनामा एक बिरामी हुन्छन्। १० मा एकजनामा इन्फेक्सन हुन्छ। प्रति १० हजारमा चारदेखि १० जनाको मृत्यु हुन्छ।

सामान्य रुघाखोकीमा जस्तै यो रोगमा पनि ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, झाडापखाला हुने, नाकबाट पानी बग्ने लक्षण हुन्छ। इन्फ्लूएन्जाका समस्यामा श्वासप्रश्वासमा अप्ठ्यारो हुने, मुखबाट रगत आउनेजस्ता लक्षण देखिएमा मात्रै तुरुन्त अस्पताल जानुपर्ने हुन्छ। अन्यथा, एक हप्ताको आरामले नै स्वाइनफ्लू निको हुने चिकित्सकहरू बताउँछन्।

सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार स्वाइन फ्लू कुनै असामान्य रोग होइन, सामान्य रुघाखोकी नै हो। उनले रुघाखोकी लागेका व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा रुमालले नाकमुख छोप्ने र प्रशस्त मात्रामा झोल पदार्थ र मनतातो पानी खाँदा यो रोग निको हुने बताए। तर, अत्यधिक ज्वरो आउने, मुखबाट रगत नै आउने तथा श्वासप्रश्वासमा समेत जटिल समस्या आउँदा सामान्य नै हो भनेर बस्न भने नहुने उनको सुझाव छ। यस्तो अवस्थामा तुरुन्त अस्पताल पुग्नुपर्छ।

जोखिममा हुने समूह
यो रोगले बच्चा, युवा, बूढाबूढी सबैलाई रुघाखोकीले सताउने गर्छ। युवाको रोगसँग लड्ने क्षमता बढी हुने भएकाले अर्थात् उनीहरूको रोगप्रतिरोध शक्ति बढी हुने भएकाले यो रोगले युवालाई खासै असर गर्दैन। तर, यो रोग केही खास वर्गका व्यक्तिलाई भने बढी जोखिमका रूपमा लिने गरेको पाइन्छ। डा. पाण्डेका अनुसार पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, दमका रोगी तथा छाती र श्वासप्रश्वाससम्बन्धी रोग लागेका एवं मुटु र मिर्गाैलासम्बन्धी रोग लागेकालाई यो रोगले छिट्टै समात्ने तथा बढी खतरा रहने गरेको छ।

त्यसैगरी, मधुमेह भएका तथा एचआईभी एड्स रोग लागेकालाई पनि यो रोगले चाँडै पक्रन सक्छ। यी रोगबाट पीडित तथा बालबालिका र गर्भवतीको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले जस्तोसुकै रोगले चाँडै समाउन सक्ने हुनाले उनीहरूले धेरै सतर्कता अपनाउनुपर्ने डा. पाण्डेले बताए। उनका अनुसार यी समूहका मानिसले यो रोगमा हेलचेक्य्राइँ गरेमा मृत्युसमेत हुन सक्छ।

जोगिने उपाय
चिकित्सकका अनुसार यो रोग मानिसमा एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट सर्ने हुनाले हाच्छियुँ गरेपछि, खोकेपछि हात धुनु जरुरी हुन्छ। हात नधोईकन अरू सामानको प्रयोग गर्दा ती भाइरस जीवित रही अर्कामा सर्न पुग्छन्। यदि हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि कीटाणु मर्ने चिकित्सकको भनाइ छ। खोक्दा, हाच्छियुँ गर्दा सकेसम्म हातले नछोपी रुमाल वा त्यस्तै अरू सफा वस्तुको प्रयोग गरेमा अरूलाई सर्ने डर कम हुन्छ। हेलचेक्य्राइँ गरेमा फोक्सोमा संक्रमण हुन सक्छ। फोक्सोमा संक्रमण भयो भने निमोनिया हुने तथा छातीको संक्रमण भई ज्वरो आउने, खोकी लाग्ने, सेतो वा पहँ"लो खकार आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ।

एक सातासम्म अरू व्यक्तिको सम्पर्कमा नआईकन घरैमा बसी आराम गरी प्रशस्त मात्रामा तरल खानेकुरा खाएर उपचार गर्नुपर्छ। बाहिर निस्कनुपरेमा मास्क अनिवार्य रूपमा लगाउनुपर्छ। घरेलु औषधि र झोल खानेकुराको सेवन नै महŒवपूर्ण उपचार मानिन्छ। रुघाखोकीमा मात्र नभएर स्वाइन फ्लूका लागि पनि यही घरेलु उपचार पद्धति अपनाइन्छ। प्रशस्त मात्रामा तरल पदार्थ पिउने, तातोपानी पिउने, पोषणयुक्त खानेकुरा खाने, भिटामिन 'सी' युक्त फलफूल खाने, उचित आराम गर्ने गरेमा रोग निको हुने डा. पाण्डे बताउँछन्

फ्रान्सको राजधानी पेरिसको आकाशमा रहस्यमय ड्रोन  ।


पेरिस, १४ फागुन, फ्रान्सको राजधानी पेरिसमा रहस्यमय ढंगबाट ड्रोनहरु उड्न थालेका छन् । मंगलवार राती ११ बजेदेखि बुधवार विहान २ बजेसम्म पेरिसका विभिन्न स्थानमा ड्रोन देखिएका थिए । विश्व प्रसिद्ध आईफल टावर नजिकै समेत ड्रोन देखिएपछि फ्रान्सेली प्रहरी चकित परेका छन् । कुनै पनि देशको आकाशमा उडान भर्नु पूर्व अनुमति लिनु पर्नेमा ती ड्रोनहरु जमिन भन्दा अत्यन्त नजिकबाट उडिरहेका देखिएका छन् । दुई दिनमा मात्र ५ वटा ड्रोनहरुले पेरिसको निगरानी गर्नुलाई आश्चर्यको रुपमा लिईएको छ । अझ पेरिसस्थित अमेरिकी दूतवास भवन लगायतका अत्यन्त सम्वेदनसिल क्षेत्रमा भएको ड्रोनको निगरानीलाई गम्भीर रुपमा हेरिएको छ । ड्रोन कहाँबाट कसले परिचालन गरिरहेको छ भन्ने बारेमा पेरिस मौन छ तर सरकारले ड्रोन रहस्य पत्ता लगाउन १० जना विज्ञको छानविन समिति गठन गरेको छ । चालक विना नै उडान भर्न सक्ने ड्रोनको प्रयोग अमेरिकाले अफगानिस्तान, यमन, कोरिया, इराक, सिरिया लगायतका देशहरुमा गरिरहेको छ । 


Sunday, 22 February 2015

आर्थिक अभावले पढ्न नपाएका युवाको वैज्ञानिक आविष्कार ..

पोखरा, फागुन ११– छैठौं पोखरा क्यान इन्फोटेक मेलाको मुख्य आकर्षक बनेका छन् लमजुङको इसानेश्वर गाविसका यिनै युवा रदि मियाँ । औपचारिक रुपमा एसएलसीसम्म मात्र पढेका र आर्थिक अवस्था कमजोर हुनाका कारण ११ कक्षा पछि पढाईलाई निरन्तरता दिन नसकेका यिनै युवाले विभिन्न वैज्ञानिक आविष्कारहरु गरेका छन् । त्यस मध्ये मेलामा उनले नै घरेलु सामाग्रीहरुबाट बनाएको अल्ट्रालाइट र रोवर्टले दर्शको भीड तानेको छ । मोटरसाइकलको इन्जिनमा काठ, फलाम, स्टिल आदिको प्रयोग गरेर बनाएको यही अल्ट्रालाइटको परिक्षण उडान उनले गत असोजमा आफ्नै गाउँमा गरेका थिए । गाउँमै परिक्षण गर्ने क्रममा चौरको सतह नमिलेकाले र रनवेको लम्बाइ कम भएकाले उनको प्रयास असफल भयो । त्यति मात्र होइन, उनको अल्ट्रालाइटको पखेँटा पनि भाँचिन पुग्यो । मियाँका अनुसार उनको अल्ट्रालाइटलाई कम्तिमा ३ सय मिटरको रनवे चाहिनेमा त्यो नपुगेर उनी असफल भएका हुन् । त्यस लगत्तै गाउँकै विभिन्न मेलाहरुमा रोवर्टहरु प्रदर्शन गर्न जाँदा र आर्थिक संकटका कारण उनले यसको पँखेटा मर्मत गर्न सकेका छैनन् । यो जहाज बनाउन मात्र उनले करिब ८ लाख खर्च गरेकाले थप खर्च गर्न आफुँलाई गाह«ो भएको उनी बताउँछन् । उता खुल्ला परीक्षण गर्न पनि विभिन्न सरकारी अनुमति चाहिने र ति प्रक्रियाहरु आफुँलाई थाहा नभएकाले आफ्नो जहाज त्यसै थन्केको उनी बताउँछन् । रदि अगाडी भन्छन्,“सरकारले अनुमति दिए म यो जहाज डेढ घण्टासम्म आकाशमा उडाउन सक्छु ।” निम्न आय भएका रदिले कसरी यत्रो पैसा जुटाए होलान् भन्ने हाम्रो जिज्ञासामा उनी भन्छन्,“काम गर्दै जाँदा अहिले मलाई सहयोग गर्ने थुप्रै महानुभावहरु भेटिनुभएको छ ।” यही अल्ट्रालाइट बनाउन पनि उनलाई परदेशमा रहेका आफन्तहरुले सहयोग गरेका थिए । रदिको क्षमताको बारेमा जानकार आफन्तहरुले उनको अल्ट्रालाइट प्रोजेक्टका लागि केही पैसा पठाएको र त्यहीबाट सेकेण्ड ह्याण्ड मोटरसाइकल र अन्य सरसामाग्रीहरु किनेर काम गरेको उनी बताउँछन् । बेला बेलामा हुने मेला महोत्सवहरुबाट पनि उनलाई धेरथोर सहयोग प्राप्त हुने गरेको छ । उनी वैज्ञानिक आविष्कारका अलावा चित्रकला र काष्ठकलामा पनि निपुर्ण छन् । उनले बनाएको काठका आकर्षक फर्निचर तथा काष्ठकलाहरु गाउँमा हात हातै बिक्रि हुने गरेका छन् भने उनका चित्रकलाको पनि जोकोहीले प्रशंसा नगरी रहन सक्दैनन् । यसैबाट प्राप्त हुने रकम पनि उनले आफ्नै रुचिको क्षेत्रमा लगानी गरिरहेका छन् । कक्षा ७ मा पढ्दा पानीबाट बिजुली उत्पादन गरेर बत्ति बालेका मियाँले हालसम्म नेपाली बाबुका अलावा विभिन्न प्रकारका साना ठूला रोवर्टहरु, नमुना स्काभेटर, काठको उड्ने पुलती आदि आविष्कार गरिसकेका छन् । उनमा वैज्ञानिक ज्ञानका कारण भन्दा पनि अद्भुत कल्पना क्षमता र काममा लागि पर्ने स्वाभावको कारण यो सबै सम्भव भएको हो । उनी एकपटक देखेको सामानको नक्सा घर गएर सजिलै उतार्न सक्छन् र त्यस कै आधारमा त्यस्तै उपकरण बनाउन कस्सिन्छन् । बनाउँदै परिक्षण गर्दै गर्ने क्रममा नै उनले सफलता प्राप्त गर्ने गरेका छन् । उनलाई सहयोग गर्नका लागि क्यान इन्फोटेक कास्कीले उनलाई मञ्च कै छेउमा निःशुल्क स्टल प्रदान गरेको छ भने पोखरा विश्वविद्यालयको रोवर्टिक्स क्लबका सदस्यहरुले उनको स्टलमा आएका दर्शकहरुको जिज्ञासा मेटाउन सहयोग गरेका छन् । उनलाई सहयोग गर्न चाहनेका लागि इन्फोटेक कै बैंकिंग पार्टनर सिद्धार्थ बैंकले हेलो पैसा खाता खोलिदिएको छ, जसको खाता नं. ९८१६४३१२६९ मा उनलाई आर्थिक सहयोग गर्न सकिने रदि मियाँका व्यवस्थापक नेशन शर्माले बताए । शर्माका अनुसार पोखराबाट करिब १२० किलोमिटर परको उनको गाउँबाट ट्रकमा हालेर पोखरा ल्याइएको अल्ट्रालाइट र रोवर्टहरुलाई फिर्ता लैजानै पनि आर्थिक समस्या पर्ने देखिएको छ । “क्यान कास्कीसँग पनि यसको बारे कुरा भइरहेको छ”, शर्माले भने, “यदी सहयोग पाइएन भने बल्ल बल्ल ऋण खोजेर यहाँसम्म ट्रकमा हालेर ल्याइएका सामानहरु फिर्ता लानै मुस्किल पर्नेछ ।

शक्ति कपुरको मृत्युको झुठो खबरले सनसनी!

बलिउड कलाकारहरुको विभिन्न समयमा आउने आफ्नो मृत्युको झुठो खबरले हैरानीमा पर्ने गरेका छन्। पछिल्लो समय नकारात्मक भूमिकाका लागि प्रसिद्द अभिनेता शक्ति कपुर यस हल्लाको सिकार भएका छन। शनिबार सामाजिक संजालमा फैलिएको उनको मृत्युको खबरले खलबली मच्चियो। अन्तमा शक्ति कपुर स्वयमंले उक्त हल्ला साम्य पार्नुपर्‍यो।
शनिबार लोनावला जाने क्रममा कार दुर्घटनामा परी शक्ति कपुरको निधन भएको खबर सामाजिक सञ्जाल व्हाट्स एपमा एकाएक फैलियो। सो हल्ला चले लगत्तै शक्ति कपुरको घरमा उक्त खबरका बारेमा बुझ्न लगातार फोनको घण्टी बज्न थाल्यो जसका कारण शक्तिको परिवारमा शनिवार तना बन्यो। यस खबरबाट शक्ति कपुर निराश बने।
अन्तत: खबरलाई साम्य पार्न शक्ति कपुरका छोरा सिद्धार्थ कपुरले आफ्ना पिता जिउँदो रहेको ट्वीट गरे। यस प्रकरणमा बोल्दै शक्ति कपुरले भने, ‘व्हाट्स एपमा आएको मेरो मृत्युको झुठो खबरले म भन्दा पनि मेरो परिवार, नातेदार, साथीहरु तथा प्रशसंकहरु  आहतमा परे। भगवानको दयाले म एकदमै ठीक छु। मेरो मृत्युको खबर एकदमै झुटो हो।’
यस हल्लाबाट यसअघि अमिताभ बच्चन, माधुरी दीक्षित, दिलिप कुमार, लता मंगेशकर, क्याटरिना कैफ जस्ता बलिउड हस्तीहरुको पनि मृत्युको झूठो खबर फैलिएको थियो

Saturday, 21 February 2015

गैरकानुनी कामदारहरुलाई मलेसिया सरकारले दियो फेरि अर्को मौका

मलेसिया सरकारले फेरि पनि नेपालीलगायत
अन्य मुलुकका इलिगल कामदारलाई घर
फिरतीको लागि भन्दै अर्को मौका दिएको छ।
यस अवधिमा पनिी इलिगल.घर नफिरे
कड़ा रूपमा मलेसिया सरकार
आउने त्यहाँका अधिकारीहरुले बताएका छन्। अब
पनिी यो मौकाको सदुपयोग नगर्ने
विदेशी कामदारले कम्तिमा २ वर्ष जेल सजाय २ण्
कोर्रा र १० हजार रिंगेट जरिवाना हुनसक्छ।

अगाडि मात्र दूतावासको भनाइअनुसार कम्तिमा १५हजार नेपाली कामदार नेपाल फ़र्किएका छन् । अहिले
खोलिएको अवसरको बारेमा सम्पर्क गर्न
खोज्दा दूतावासमा कसैसँग सम्पर्क हुन सकेन भने तीन/
चारदिन देखी कसैइलाई पनिीयात्रा अनुमति पत्र
नदिएको एक पीडितले बताए। यो अवस को उपयोग
गर्न र सबैलाई जानकारी दिनको लागिी नेपाल
मलेसिया रोजगारसँगका सल्लाहकार
तथा व्यवसायी लोचन बिमलीले अनुरोध गरेका छन्।

वीर अस्पतालका १० प्रतिशत उपकरण मात्र प्रयोगमा

काठमाडौं, फागुन ९ –
सरकारी अस्पताललगायत विभिन्न नीजि अस्पतालका मेसिन तथा प्रविधि प्रभावकारी छैनन् । भएका मेसिन तथा प्रविधिहरु पनि बिग्रिएर काम गर्न छाडेका कारण बिरामीहरु समेत प्रभावित भएको समाचारहरु बाहिर आइरहेका छन् । अस्पतालहरुमा नयाँ – नयाँ मेसिन तथा प्रविधिहरु भित्र्याइए पनि त्यसलाई मर्मत गर्ने कर्मचारी अस्पतालले नियुक्त गरेको हुँदैन । अर्थात् त्यसको दरवन्दी नै छैन । त्यसले गर्दा बिग्रेका मेसिनहरु थन्केका हुन्छन् या बिग्रेकै अवस्थामा सञ्चालनमा आइरहेका हुन्छन् ।
 एक सरकारी तथ्यांक अनुसार वीर अस्पतालमा मात्र भएका उपकरणमध्ये १० प्रतिशत मात्र उपयोग गर्ने अवस्थामा छन् भने जिल्ला तथा क्षेत्रीय अस्पतालहरुको त अवस्था झन् दयनीय देखिएको छ । जिल्ला तथा अञ्चल अस्पतालमा ३९ प्रतिशत भन्दा कम उपकरणहरु मात्र उपयोगमा देखिन्छ । बिग्रिएर रहेका ती उपकरण तथा मेसिनहरु समान्य मर्मतबाट नै सञ्चालनमा आउनसक्छन् तर मर्मत गर्ने कर्मचारी नभएको कारण त्यतिकै थन्किएर बसेका छन् । यो कुरालाई ध्यानमा राख्दै सरकारीस्तरबाट नै उपकरण प्राविधिक मर्मत सम्बन्धी १८ महिने तालिम कक्षा सञ्चालन हुने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले निक सिमोन्स इन्स्टिच्युटको प्राविधिक तथा आर्थिक सहयोगमा १८ महिने बायोमेडिकल इक्युपमेण्ट इन्जिनियरिङ डिप्लोमा कोर्ष सुरु गरेको छ ।
सिटिइभिटीको सम्बन्धनमा सुरु हुने डिप्लोमा कोर्ष गरिसकेपछि उत्पादित जनशक्तीले उपकरण मर्मत, जडान तथा रेखदेख तथा हेरचाह गर्नु टेक्निसियनको रुपमा काम गर्नेछ । प्राविधिकले पुरानो र नयाँ उपकरणबारे जानकारी राख्नु र आवश्यकता अनुसार नयाँ उपकरण खरिदका लागि आवश्यक सुझाव दिने गर्दछन् । उपकरण प्राविधिकको उत्पादन पश्चात् यो अवस्थामा सुधार आई स्वास्थ्य सेवा प्रभावकारी हुनुका साथै राज्यकोषको रकम समेत बच्ने देखिन्छ ।

संविधान जारी नगरेको भन्दै रौतहटमा ६०१ सभासदहरुको श्राद्ध ...

जनतासँग बाचा गरेको मितिमा संविधान जारी नगरेको भन्दै रौतहटमा ६०१ सभासदहरुको श्राद्ध गरिएको छ ।हेटौंडा नगरपालिका २ घर भएका ४४ बर्षीय राकेशकुमार अधिकारीले चन्द्रनिगाहपुरको मुख्य चोकमा शुक्रबार बिहान ६०१ सभासदहरुको श्राद्ध गरेका हुन् । जनतालाई दिएको भाका माघ ८ मा संविधान जारी नभएपछि सविधानसभा मृत भएको भन्दै अधिकारीले १३ औं दिनको काम यस अघि माघ १९ गते जनकपुरमा गरेका थिए ।

एक महिने तिथी भन्दै उनले चन्द्रनिगाहपुरमा सबै सभासदको सामूहिक श्राद्ध गरेको जनाएका छन् । उनले हिन्दु संस्कार अनुसार शर्माले मुख्य चोकमा ब्राम्हण ल्याएर कालो बस्त्र धारण गरेर सभासदहरुलाई कालो पिण्ड अर्पण गरेका थिए ।

स्थानीय दुर्गा मन्दिरका पुजारी मुन्नालाल तिवारीले पंण्डितका रुपमा मन्त्र उच्चारण गर्दे श्राद्ध गराएका थिए ।आफूलाई स्वतन्त्र नेपाली नागरिक भन्ने अधिकारीले अघिल्लो संविधानसभाले सविधान जनाएपछि देशका विभिन्न ठाउँमा पुगेर सभासदहरुको श्राद्ध गरेका बताएका छन्

गगनचुम्बी टर्च टावरमा आगलागी (फोटो फिचरसहित)

फागुन, काठमाडौं । विश्वको अग्लो गगनचुम्बी भवन मध्येको एक दुबईको टर्च टावरमा शनिबार विहान आगलागी भएको छ ।

११०५ फुट अर्थात ३३६.१ मिटर अग्लो गगनचुम्बी भवनमा आलो लागेको हो । समाचार एजेन्सीहरुका अनुसार आगलागी ५० औं तलाबाट सुरु भएको थियो । तर, आगलागीको कारण भने खुलेको छैन ।

आगलागीका समयमा टावरमा रहेका मानिसहरुलाई सुरक्षित बाहिर निकालिएको थियो । अहिलेसम्म मानवीय क्षतिको खबर नरहेको डेलिमेलले जनाएको छ ।

८६ तलाको गगनचुम्बी भवनमा लागेको आगो दमकलको सहयोगमा केही घन्टामा नियन्त्रणमा लिइएको थियो । आगलागीका समयमा घटनास्थलमा एम्बुलेन्सलाई पनि तयारीमा अवस्थामा राखिएको थियो ।

टर्च टावरमा आलो लागेको तस्वीर समाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

Friday, 20 February 2015

सिमीकोटमा २ जहाज ठोक्किए....

काठमाडौं : हुम्लाको सिमीकोट
विमानस्थलमा तारा एयरको जहाजले
रोकिइरहेको सीता एयरको जहाजलाई ठक्कर
दिएको छ ।
विमानस्थलको धावनमार्गमा उडान भर्ने
क्रममा तारा एयरको जहाजको पंखाले
सीता एयरको जहाजलाई ठक्कर दिएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
दुर्घटनापछि दुबै विमान ग्राउन्डेड भएका छन् ।
दुर्घटनापछि दुबै एयरलाइन्सका इन्जिनियरहरु
काठमाडौंबाट हुम्लातर्फ गएका छन् ।