'हेर्दै जानुपर्छ, समय धेरै बलवान हुन्छ', यो थेगो म
हाम्रो घरमा केटाकेटी बेला राजनीतिक गफ
हुँदा मेरी आमाले भनेको सुन्थेंँ । समय
कसरी बलवान हुने हो, यो तर्क मैले बुझ्दिनथेंँ । आमालाई
सोध्दा भन्नुहुन्थ्यो, 'अहिले तेरो बुझ्ने बेला भएको छैन । पछि बुझ्दै
जान्छस् । तर अचेल हिजोका ठूला क्रान्तिकारी र
परिवर्तनका संवाहक भनेर आफूलाई चिनाउन कहिल्यै नथाक्नेहरूले
पृथ्वीनारायण शाहको महत्त्व र भूमिकाबारे
बोलेको सुन्दा 'समय बलवान हुन्छ' भन्ने थेगोको औचित्य छ
कि जस्तो लाग्न थालेको छ ।
समय बलवान्
धेरै टाढा जानु पर्दैन । एक
दसकअघि हाम्रो देशमा पृथ्वीनारायणा शाहलाई
नेपाली इतिहासको ठूलो खलनायकको रूपमा पेस
गरिएको यथार्थ कुनै नेपालीले पनि भुलेका छैनन् । त्यसबखत
पृथ्वीनारायणको नुवाकोट
देवीघाटमा रहेको सालिक भत्काइयो ।
पृथ्वीनारायणको योगदान भुल्न हुँदैन भन्नेहरू सबै
प्रतिगामी ठहरिन पुगे । २०६४
सालमा पृथ्वीनारायण शाहको साततले दरबार
भएको डांँडामा पृथ्वी जयन्ती हामीले
मनाउन खोज्दा आक्रमणको स्थितिसम्म सिर्जना भयो । मलाई सम्झना छ,
हापुरे
वार्तामा त्यसबखतका माओवादी क्रान्तिकारी भन्नेहरूसंँग
वार्ता गर्न जांँदा वार्ताको धेरै समय
नेपालको इतिहासमा पृथ्वीनारायण शाहको महत्त्व र
स्थान बारेको छलफलमा बितेको थियो ।
त्यसबखतका माओवादी वार्ताकारहरूको तर्क
स्वीकार गर्ने हो भने त
नेपालका लागि पृथ्वीनारायण शाह दुर्भाग्य थिए । तर समय
सायद बलवान हुंँदोरहेछ । एकै दसकमा बोली फेरिन
थालेको छ । पृथ्वीनारायणलाई नकारात्मक
विम्बको रूपमा देख्नेहरू अब उनलाई राष्ट्रनिर्माताको रूपमा बुझ्न थालेका छन्
। आउंँदा वर्षहरूमा आफूहरूलाई
सुगारटाइको शैलीमा अग्रगामी भनेर घोषणा गरेर
कहिल्यै नथाक्ने यो नेतृत्व पंtmिको जमात अरुभन्दा पहिले
पृथ्वीनारायण शाहको सबभन्दा ठूला भक्त हुनपुगे भने
त्यो आश्चर्य हुने छैन । सायद यही नै हो, समय
बलवान हुन्छ भन्ने थेगोको सार्थकता !
राष्ट्र निर्माणको रणनीति
पृथ्वीनारायण शाहको नेपाल निर्माणमा योगदानबारे तर्क
गर्दा आजभन्दा दुई सय वर्ष अघिको स्थितिलाई बिर्सनु हुंँदैन ।
त्यसबखत प्रजातन्त्र, समावेशी दर्शन
अथवा जनताको सार्वभौमिकता जस्ता अवधारणा थिएनन् । त्यसबखत दक्षिण
एसियामा साम्राज्यवाद र उपनिवेशवादको शक्ति बलवान हुँदै थियो ।
भारतमा बि्रटिस उपनिवेशवादको अग्रदस्ताको रूपमा इष्ट
इन्डिया कम्पनी आफ्नै सेना र शक्तिसाथ लुट र
शोषणको नयाँं अध्याय सुरु गर्दै थियो भने
उनीहरूको पछिपछि बेलायती धर्मगुरुहरू
दक्षिण एसियाका 'जङ्गली र बर्बर' मानव समूहलाई
सभ्यता सिकाउने नाममा धर्म प्रचारमा संकल्पित भएर लागेका थिए ।
मूलतः रोवर्ट क्लाइमको नेतृत्व र मिर जाफरको धोकाको र संयोजनबाट जुन
१७५७ मा भएको पाल्सेको लडाइँबाट भारतमा बङ्गालको नवावको पतनपश्चात
उपनिवेशिक लुट र शोषणले गति लियो । इष्ट इन्डिया कम्पनीले
भारत ठूलो देश भए पनि राजारजौटाहरूबीच झगडा खडा गर्दै
एकपछि अर्को गरी जित्न सकिने र पराजित राजारजौटाकै माध्यम
आफ्नो शासन विस्तार गर्न सकिने तथ्य बुझे ।
यो परिस्थितिमा पृथ्वीनारायण शाहजस्ता व्यक्तित्वको उदय
नभएको भए त्यसबखतमा बाइसे-चौबिसे राज्यको रूपमा रहेका झन्डै पचास
राजारजौटाहरू एकपछि अर्को बि्रटिस उपनिवेशवादको चर्को भेलमा बगेर जाने
थिए र सायद आजको सार्वभौम र स्वतन्त्र
राष्ट्रको रूपमा नेपालको पहिचान रहन असम्भवप्रायः हुने थियो ।
यो ऐतिहासिक परिवेशमा गरिने मूल्यांकनले मात्र पृथ्वीनारायण
शाहको नेपालको निर्माणमा योगदान बुझ्न सकिन्छ ।
त्यसबखत बि्रटिस उपनिवेशवादको विस्तार विरुद्ध
पृथ्वीनारायणको एकीकरणको अभियान
रहेको थियो । बि्रटिस
उपनिवेशवादको प्रतिरोधमा पृथ्वीनारायणले सैनिक र आर्थिक
दुवै हतियार प्रयोग
गरी उपनिवेशवादी संरचनाबाट नेपाललाई अलग्गै
राख्ने प्रयास गरेका थिए । यस क्रममा सबभन्दा महत्त्वपूर्ण युद्ध
सायद सिन्धुलीगढीमा भएको थियो । त्यसबखत
काठमाडौंका राजालाई सहयोग गर्ने नाममा क्याप्टेन किनलकको नेतृत्वमा चौबिस
सयको पल्टन जनकपुरबाट काठमाडौं पठाइयो । इष्ट
इन्डिया कम्पनीको तर्फबाट पृथ्वीनारायणलाई
युद्धमा नउत्रने चेतावनी पठाइयो । तर
यो धम्कीलाई पृथ्वीनारायणले उपेक्षा गरे र
अगस्ट, सेप्टेम्बर १७६७
मा सिन्धुलीगढीको धनेमनाको डाँंडोमा नेपाली र
बेलायतीहरूबीच लडाइँ एक सातासम्म
चल्यो । नेपालीको तर्फबाट सरदार वंशु गुरुङ, कालु
पान्डेका छोरा काजी वंशराज पान्डे,
काजी श्रीहर्ष पन्त र
खजाञ्ची वीरभद्र उपाध्याय थिए ।
यो लडाइँमा पृथ्वीनारायण शाहको जित
बढ्दो अंग्रेजको दबदबाको बाबजुद नेपाल राष्ट्रको अस्तित्व र
पहिचानको लागि सायद सबैभन्दा महत्त्वपूर्ण युद्ध थियो ।
शाहलाई युद्ध सरदारको रूपमा हेर्ने पनि छन्, तर यहांँ बुझ्नुपर्ने
कुरो के छ भने युद्ध सरदारहरूले लुटछन्, तर विरलै राष्ट्रनिर्माण
गरेका छन् । पृथ्वीनारायण शाहले राष्ट्रनिर्माण गरेका छन् ।
उनले राष्ट्रनिर्माण गरे र यसको अस्तित्व कायम राख्न
केही ठोस दृष्टिकोण प्रस्तुत गरे,
जसका केही बुंँदाहरू
आजको नेपालको लागि मननीय हुनआउँंछ । मूलकुरो शाहले
बेलायतको अतिक्रमण विरुद्ध सैनिक शक्ति जगेर्ना गर्ने र आर्थिक र
सांस्कृतिक क्षेत्रमा नेपाललाई उपनिवेशवादी अर्थतन्त्र र
सांस्कृतिक अतिक्रमणबाट बचाएर राख्ने रणनीति लिए । यस
क्रममा नेपाललाई सैनिक रूपमा बलियो बनाउंँदै
नयांँ उपनिवेसवादी मान्यता र प्रभाव नेपालभित्र छिर्न नदिने
उन्को प्रयास रहेको थियो ।
भारतमा छिरेको उपनिवेशवादी शक्तिप्रति उनको गहिरो अविश्वास
थियो र योसँंग बचेर रहनुपर्छ र यसका लागि हरेक
किसिमको तयारी गर्नुपर्छ भन्ने उनको धारणा थियो ।
यही चिन्तन र दृष्टिकोणको परिवेशमा नै
उनी राष्ट्रनिर्माता हुनपुगेका हुन् र
यसैको सेरोफेरोमा उनको आर्थिक, सैनिक र परराष्ट्र
सम्बन्धी रणनीतिलाई बुझ्नुपर्ने हुन्छ ।
नेपाली पहिचान र अस्तित्वका संवाहक
दक्षिणमा मौलाउँंदै गएको उपनिवेशवादी सासनबाट नेपाललाई
बचाउन शाह निरन्तर सतर्क थिए । दक्षिण शासकले हिन्दुस्तान
दबाइराखेको छ, त्यो महाचतुर छ भन्ने उनको चिन्ता र अभिव्यtmि थियो ।
नेपाल दुई ढुङ्गाको तरुलजस्तो र यसकारण दुवै दक्षिण र उत्तरसँंग
सन्तुलन राख्नुपर्ने उनको रणनीति २०० वर्षअघि जतिकै
आज पनि मननीय रहेको छ ।
दक्षिणको चिन्ता शाहको अर्थनीतिमा पनि प्रतिविम्बित
रहेको छ । यथार्थमा नेपाल
कब्जा गरी उपनिवेशवादी शासनको इच्छा हुनुमा तिब्बतसंँगको व्यापारमा इष्ट
इन्डिया कम्पनीको लोभ स्पष्ट देखापर्छ । यो आसालाई
शाहले कहिल्यै ठाउंँ दिएनन् ।
वास्तवमा पृथ्वीनारायणपछि पनि सन् १८०० सम्म
यो रणनीति कायम रह्यो । यद्यपि त्यसबीच
दक्षिणबाट कर्कप्याटि्रक मिसन लगायत पांँच कूटनीतिक
टोलीले यो व्यापारको सुविधा लिनका लागि काठमाडौं भ्रमण गर्यो ।
तर असफल भयो ।
दक्षिणमा शक्तिशाली हुँदै गएको उपनिवेशवादसंँग टिक्न
सकेसम्म देश स्वावलम्बी हुनुपर्छ र आयातलाई
निरुत्साहित गर्नुपर्छ भन्ने शाहको नीति थियो ।
'देशका महाजन हाम्रो मुलुकमा आया कंगाल गरी छाड्छन्'
भन्ने उनको अवधारणा विदेशीको प्रतिरोध गर्न अर्थतन्त्र
परावलम्बी गर्न हँुंदैन भन्ने धारणाबाट प्रेरित भएको स्पष्ट
छ । त्यस्तै नेपालमा पाश्चात्य धार्मिक र सांस्कृतिक अतिक्रमण रोक्न
शाह सतर्क देखिएका छन् । धर्म परिवर्तन गराउने
पादरीहरूलाई नेपालमा स्थान नदिने उनको अठोट सांस्कृतिक
अतिक्रमण स्वीकार नगर्ने दृष्टिकोणको परिचायक हो ।
उपनिवेशवादको ती मूल खम्बाहरू बन्दुक, असमान व्यापार र
धर्म प्रचार सबैलाई पृथ्वीनारायणले दृढतासाथ
अस्वीकार गरे र प्रतिकारको क्रममा नेपाल
राष्ट्रको सिर्जना गरे । प्रजातन्त्र र
समावेशी अवधारणा नबुझे पनि व्यवाहारिक रूपमा शाहले
यो देश सबैको फूलबारी हो भन्ने विम्ब प्रस्तुत गरेर
नेपालको विविधता र यसको समायोजनप्रति आफ्नो चेतनाको प्रदर्शन गरे ।
यो दृष्टिकोणको राजनीति र
अर्थनीतिमा व्यावहारिक प्रयोग नै
आजको समावेशी राष्ट्रवाद हो । यस
अर्थमा नेपाली राष्ट्रवादको वैचारिक जग शाहले
आजभन्दा २०० वर्षअघि राखेका थिए ।
यद्यपि उनीपछिको नेपालको सामन्तवादी संरचना र
दरबारीया शक्ति संघर्षको परिवेशमा यो दृष्टिकोणले कुनै ठाउँं
पाउनसकेको थिएन ।
बि्रटिस उपनिवेशवादको उर्लंदो छालबाट साना राज्यहरूलाई जोडेर
नेपालको सिर्जना गरी स्वतन्त्र, सार्वभौम नेपालको अस्तित्व
र पहिचान कायम गर्ने ऐतिहासिक कार्य पृथ्वीनारायण
शाहले गरेका थिए । आज नेपालबाट बाहिर
गएपछि हामीलाई विश्वले
जाति या क्षेत्रको आधारमा चिन्दैनन्, परन्तु नेपाली भनेर
चिन्छन् । यो चिनारीको निर्माता शाह नै हुन् ।
यो नेपाली शब्दभित्र हाम्रो भूगोल, संस्कृति,
जातीय र क्षेत्रीय विविधता छ । यो विविधतालाई
सम्मान गरेर हिमाल, पहाड, तराई जहांँ बस्ने जुनसुकै
जातीय समूहको नेपाली होस्, सबैलाई
राजनीति र अर्थ संरचनामा अवसरको समानता सुनिश्चित गरेर
नेपाल राष्ट्रलाई यो विश्वमा सांस्कृतिक वैभवमात्र नभई आर्थिक र सारभूत
राजनीतिक समानताको उज्यालो उदाहरण बनाउने
हामीलाई आज उपलब्ध
मौकाका निर्माता पृथ्वीनारायण शाह हुन् । यसैकारण
उनी राष्ट्रनिर्माता मात्र नभएर राष्ट्रिय
एकताका प्रतीक हुन् ।
२०५९/६० तिर पृथ्वीनारायणको सालिक भत्काइयो र ध्वस्त
पारियो । क्रान्तिको नाममा देशको अस्तित्वको संरचनामा खडा गर्ने
व्यक्तित्वमाथि प्रहार गरियो । तर आजको सकारात्मक सन्देश के छ भने
यो अतिवादको नसा उत्रिन थालेको छ । एक समय चीनमा यस्तै
भएको थियो । सांस्कृतिक
क्रान्तिको नाममा माओको चीनमा पुराना सांस्कृतिक वैभवमात्र
नभई चीनको इतिहासमा नैतिकता र समन्वयको आधारभूत जग
खडा गर्ने
कन्फ्युसियसमाथि चीनका माओवादीबाट भयानक
प्रहार भयो । आज
त्यही चीनमा त्यबखत
भत्काइएका मन्दिरहरू पुनःनिर्माण हुंँदैछन् भने कन्फ्युसियसको नामबाट
विश्वभर चिनियो, सरकार स्वयम् गर्वका साथ नयांँ संस्थाहरू खोल्दैछ ।
त्यस्तै लेनिनको शासनले पुरानो सत्ता ध्वस्त गर्ने नाममा रोमानोभ
वंशका शासकहरूलाई छिंँढीमा लगेर
गोली हानी हत्या गर्यो । रूसका जार
सामन्ती शोषक थिए, तर रूसी पहिचान र
राष्ट्रनिर्माणमा उनीहरूको अहं भूमिका थियो । आखिर
त्यही जारको चिहान खनेर मक्किएको हाडखोरलाई
राष्ट्रिय सम्मान
गरी केही वर्षअघि इतिहासमा गरेको योगदान
बिर्सन भुलको प्रायश्चित गरियो । नेपालमा रूसमा जस्तो ७० वर्ष कुर्नुपरेन
। परिवर्तनका संवाहक भन्नेहरू नै अब
पृथ्वीनारायणको पुनःनिर्मित
सालिकको अगाडि माफी माग्ने प्रक्रियामा लागिसकेका छन् । तर
पृथ्वीको सालिकमा माला लगाएर मात्र
हाम्रो जिम्मेवारी पुरा हँुंदैन । मूल
कुरो पृथ्वीनारायणले जसरी नेपाललाई
बलियो बनाएर नयांँ राष्ट्रनिर्माण गरी यसलाई बचाएका थिए,
त्यसैगरी आजको बदलिएको भूराजनीतिक
परिवेशमा नेपालीको अस्तित्व, पहिचान र स्वाभिमानलाई जोगाएर
समृद्ध, समावेशी र एकताबद्ध नेपालको कल्पनालाई साकार
पार्न हामी सबैसामु चुनौती आएको छ । पद र
पैसाको चक्रव्यूहमा यो चुनौती बिसर्ंदै
विदेशीको दूत र दास बन्ने मनस्थितिबाट
माथि उठी देश जोगाउने प्रयास गरौं । किनभने आज
हाम्रो अगाडिको चुनौती पृथ्वीनारायणले २००
वर्षअघि मुकाबिला गरेको चुनौतीभन्दा कम कठिन छैन ।
अन्त्यमा, पृथ्वीनारायण शाहको सालिक भत्काउनेहरूले
अब भूलसुधार गर्ने मौका आएको छ । त्यसको लागि पुस २७ लाई राष्ट्रिय
एकता दिवस घोषणा गर्नु पहिलो कदम हुनेछ । यो गर्न हिचकिचाउने
हो भने जनता आफैं अगाडि बढ्नेछन् । समय बलवान हुनेछ ।
Thursday, 8 January 2015
युद्ध सरदार कि राष्ट्र निर्माता ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment