काठमाडौं,माघ १८ – विद्यालय
तहमा विज्ञान ,अंग्रेजी,गणितलगायत प्राविधिक
विषय पढाउन शिक्षण अनुमतिपत्र (लाइसेन्स) नचाहिने भएको छ ।
लाइसेन्स अनिवार्य गरिएका कारण
यी विषयमा शिक्षक अभाव
हुँदा पढाइमा बाधा उत्पन्न
भएको गुनासा आएपछि मन्त्रालयले लाइसेन्स लिनैपर्ने
व्यवस्था हटाएको हो । शिक्षा मन्त्रालयले
केही दिनअघि यस्ता विषय पढाउन चाहने
व्यक्तिलाई पाँच वर्ष म्याद राखेर
अस्थायी अनुमतिपत्र दिने निर्णय गरेको हो ।
शिक्षा नियमावलीमा विद्यालय
तहमा स्थायी तथा अस्थायी शिक्षक भएर
पढाउन
चाहनेले पनि अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने
व्यवस्था छ । मन्त्रालयका प्रवक्ता हरि लम्सालले
भने,‘शिक्षा नियमावलीले जे भने
पनि अहिलेका लागि केही विषयमा स्थायी शिक्षण
लाइसेन्सबिना नै पढाउन दिने निर्णय गरिएको छ ।
यो निर्णयपछि शिक्षक अभाव हुने र अन्तिम
परीक्षामा विद्यार्थी अनुत्तीर्ण
हुने
समस्या समाधान हुने अपेक्षा मन्त्रालयको छ ।’
अहिले लाइसेन्स भएका शिक्षकले
विज्ञान,गणित,अंग्रेजी,लेखा ,कम्प्युटरविज्ञानलगायत
विषय पढाउन नसक्ने र पढाउन सक्नेसँग लाइसेन्स
नभएपछि समस्या आएको छ ।
यी विषयमा स्थायी र लाइसेन्स प्राप्त पर्याप्त
शिक्षक नहुँदा वार्षिक
परीक्षामा धेरै
विद्यार्थी अनुत्तीर्ण हुँदै
आएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Saturday, 31 January 2015
अब विज्ञान,गणित र अंग्रेजी पढाउन लाइसेन्स नचाहिने...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment