Sunday, 25 January 2015

किन बस्यो विपक्षी मोर्चाको आकस्मिक बैठक?

काठमाडौं–संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्न प्रस्ताव निर्माण समिति गठनको घोषणा गरेपछि आक्रोशित बनेका प्रमुख प्रतिपक्षी दल एमाओवादीसहितका विपक्षी मोर्चाको आकस्मिक बैठक सिंहरवारमा बसिरहेको छ।

मोर्चाको बैठकले पछिल्लो सयम विकसित राजनीतिक घटना क्रममाबारे आफ्नो रणनीति तयार गर्ने नेताहरुले बताएका छन्। 
एमाओवादी संसदीय दलको कार्यलय सिंहदरबारमा जारी बैठकमा भावी रणनीति बारे छलफल भइरहेको एक नेताले जानकारी दिए। संविधानसभा अध्यक्षले आफैं प्रस्ताव समिति गठन गर्ने प्रस्ताव गरेपछि एमाओवादी अध्यक्षले सभाध्यक्षले महाभूल गरेको भन्दै आफूहरु जनतामा जाने बताएका थिए। ‘सभाध्यक्षले महाभूल गर्नुभयो,' दाहालले संचारर्मीसँग भने,’अब हामी जनतामा जान्छौं। यसको जिम्मा कांग्रेस–एमाले र सभाध्यक्षले लिनुपर्छ।'
संविधानसभा प्रक्रियामा प्रवेश गरे संविधान सभा बहिष्कार गर्ने चेतावनी दिँदै आएको मोर्चाले यो बैठकबाट त्यसबारे ठोस निर्णय लिने बताइएको छ।

No comments:

Post a Comment