काठमाडौं, पुस २४ -
गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष
घलेले परोपकारी क्षेत्रमा १ अर्ब रुपैया खर्च गर्ने
घोषणा गरेका छन् ।
उक्त रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्रै खर्च गर्ने घलेले पत्रकार
सम्मेलन गरि घोषणा गरेका हुन् । घले दम्पती संस्थापक
रहेको एमआईटि ग्रुप फाउन्डेशनद्वारा कोष सञ्चालन हुने छ ।
'हाम्रो समाज र राष्ट्रले गरेको लगानीको महत्वपूर्ण
योगदान छ । समाजबाट जे
पयौं त्यसको केही हिस्सा समाजिलाई फिर्ता गर्ने
परोपकारी अभियानको थालनी गर्न
पाउनुको खुसी म शब्दमा बयान गर्न सक्दिन,' बिहिबार
आयोजित पत्रकार सम्मेलनमा घलेले भने ।
उक्त रकम नेपालका दुर्गम गाउँका विद्यालयमा अध्ययनरत गरिब
तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने,
विद्यालयलाई पुस्तकालय स्थापनाका लागि शिक्षण सामागि्र, स्रोत साधन, र
तालिमका लागि समेत सहयोग उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ ।
Thursday, 8 January 2015
परोपकारी क्षेत्रमा घलेद्वारा १ अर्ब घोषणा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment