काठमाडौँ, ४ माघ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी समायोजन गरेको छ । आज गरिएको समायोजन अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा २/२ रुपैयाँ मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूलइ घटेसँगै नेपाल आयल निगमले नेपालमा पनि मूल्य घटाएको हो ।
स्वचालित मूल्य प्रणाली राखेपछि निगमले हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरेको छ । आजबाट घटेको मूल्य अनुसार अब पेट्रोलको मूल्य १११ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य ८८ रुपैयाँ कायम भएको छ । विश्व बजारमा कच्चा तेलको मूल्य घटेसँगै तेलको मूल्यमा भारी गिरावट आइ रहेको छ । पेट्रोल तथा डिजेलको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडा घट्नु पर्ने माग उठिरहेको छ ।
No comments:
Post a Comment