Thursday, 15 January 2015

कोरियाले ६४ सय नेपाली कामदार लिने ।

सोल, माघ १ - दक्षिण कोरियाले ईपीएसबाट २०१५
मा ६ हजार ४ सय ३१ नेपाली कामदार ल्याउने भएको छ
। यहाँको श्रम तथा रोजगार
मन्त्रालयद्वारा प्रकाशित तालिकाअनुसार
जनवरीदेखि डिसेम्बरसम्ममा त्यति नेपाली कामदार
ल्याइने भएको हो । यो संख्या २०१५ का लागि स्वीकृत
कुल कोटा ५५ हजार ४ सय १४ को ११ प्रतिशत हो ।
तालिकाअनुसार नेपाली कामदार सबैभन्दा धेरै 'मे'
मा आउने भएका छन् । यस महिना १ हजार ५ सय ६६
जना ल्याइने उल्लेख छ । सबैभन्दा कम सेप्टेम्बरमा १ सय ५५
जना आउनेछन् । कामको प्रकृतिका आधारमा भने
कोटा तोकिएको छैन । प्रत्येक
महिना विदेशी कामदार ल्याउने नियम कोरियाले
पहिलोपटक लागू गरेको हो ।
कम्बोडियालाई ९ हजार १ सय ३ कोटा दिएर
पहिलो प्राथमिकतामा राखिएको छ । सबैभन्दा कम
चीनलाई १ सय ५८ कोटामात्र दिइएको छ ।
कोरियामा चिनियाँ कामदार ८०
प्रतिशतभन्दा बढी अवैधानिक हुने गरेकाले कोटा कम
दिइएको हो । कोरिया सरकारले नेपाललाई
तेस्रो प्राथमिकतामा राखेको छ । त्यस्तै दोस्रो,
चौथो र पाँचौंमा इन्डोनेसिया, भियतनाम र
थाइल्यान्ड छन् ।
यस तालिकालाई आधार मान्दा चौथो,
पाँचौं भाषा परीक्षा र सीबीटी -
कम्प्युटरमा आधारित परीक्षा) उत्तीण्र्ा गरेका सबै
उम्मेरदवार एकै वर्षमा कोरिया आउने
सम्भावना देखिएको छ ।
चौथो भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये अझै २ हजार
७ सय र पाँचौंबाट ३ हजार ६ सय ६३ उम्मेदवार
प्रतीक्षासूचीमा छन् ।
बाँकी रहेकामध्ये २०१५
को कोटामा चौथो भाषा परीक्षा उत्तीर्ण
गरेका उम्मेदवारलाई पहिलो प्राथमिकता दिइने
ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम
बाँंस्तोलाले जनाए ।
यसका लागि कोरिया सरकारलाई औपचारिक
आग्रहसमेत गरिएको उनले बताए ।
'प्रतीक्षा सूचीमा रहने अवधि एक वर्ष मात्र रहेकाले
पनि उनीहरूलाई प्राथमिकता दिनुपर्छ,' उनले
कान्तिपुरसँग टेलिफोनमा भने ।

No comments:

Post a Comment